न्यूज ब्यूरो
जनकपुरधाम, २८ साउन । सउदीमा मृत्यू दण्ड सुनाइएका धनुषाका उमेश यादवका परिवारलाई युवाहरुले आर्थिक सहयोग गरेका छन् ।
वैदेशिक रोजगारीको शिलशिलामा कत्तारमा कार्यरत युवाहरुको एक समूहले उमेशको परिवारलाई १ लाख ३९ हजार रुपैयाँ सहयोग गरेका छन् ।
हेल्प मधेसीमा समेत आवद्ध रहेका उनीहरुले उमेश यादव बचाउ अभियानको क्रमममा कत्तारको बलदिया-३८ क्याम्पका युवाहरुले आफ्नो रगत पसिनाको कमाईबाट एक एक रुपैयाँ जम्मा गरी त्यतिको रकम जुटाउन सफल भएलगत्तै उमेशको परिवारलाई सहयोग गरेका हुन् ।
उमेश बचाउको लागि चलाइएको अभियान अन्तर्गत कत्तारको ३८ बलदिया क्याम्पका युवाहरुले सहयोगार्थ मनोभाव देखाउँदै त्यतिको रकम सहयोग गरेका हुन् । रकम सँकलन कार्यमा अरोरात्र खटेका त्यस क्याम्पका दिपक यादव, सरोज यादव, विन्देश्वर ठाकुर, नरेश पासवान, श्याम यादव लगायतका युवाहरुले उक्त रकम सँकलन गरेका थिए ।
सँकलनार्थ रकम १ लाख ३९ हजार मध्ये ५० हजार उमेशका आमावुवा तथा ८९ हजार रुपैयाँ उनको श्रीमतिलाई प्रदान गरिएको हो । रकम सँकलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका दिपक यादवले नेपाल आएर उमेशका परिवारलाई घरमै पुगी सहयोगार्थ रकम प्रदान गरेका हुन् ।

रकम हस्तान्तरण गरेपछि उमेशका आमावुवाले भावुकता प्रकट गर्दै छोराको बारेमा मात्र सोधिरहेको दिपक यादवले बताए । छोराको लागि आँसु बगाउँदै सहयोग रकम लिन पनि झिझक मान्दै मात्र छोरा बचाइदिन गुहार लगाएको बताए ।
रकम हिनामिना गरेको भन्दै हेल्प-मधेसीमा फुट
उमेश यादव बचाउको लागि सँकलन गरिएको रकम सँकलनको क्रममा हेल्प मधेसी सँस्था उपर अश्विवास जागेपछि फुट भएको छ । हेल्प मधेसी सँस्थामा आवद्ध कत्तार बलदिया ३८ क्याम्पका सदस्यले हेल्पमधेसीको नेतृत्वप्रति विश्वास नभएको भन्दै अलगै सहयोग गरेका छन् ।

यसअघि उनीहरुले हेल्पमधेसीको नामबाट रकम सँकलन गरिएपनि हेल्प मधेसीमा रकम हिनामिनाको आरोप लगाउँदै उक्त सँस्थाबाट अलग भएर सहयोगार्थ रकम प्रदान गरेका हुन । गत वर्ष बाढी पिडीतको नाममा भजाएर रकम हिनामिना गरेको भन्दै यसपाली उमेश बचाउ अभियानको लागि फुट हुँदै आर्थिक सहयोग गरेका हुन् ।
सरोज राय उपर पनि विश्वास भएन !
उमेश बचाउ अभियानको लागि सँकलन गरिएको रकम एनजिओकर्मी सरोज रायले हर हिसाब पार्दर्शी गर्ने प्रतिवद्धता जनाएपनि समय समयमा पार्दर्शी नगरेपछि विश्वास टुटेको भन्दै ग्रोविँग नेपाल फाउण्डेशनको खातामा समेत जम्मा नगरेको सँकलन अगुवा दिपक यादवले बताए ।
उनले भने, हामीले त पहिले ग्रोविँग नेपाल फाउण्डेशन वा सरोज राय जीको नामबाट पनि रकम पठाउन सक्थ्यौँ तर पछिल्लो समयको हर्कत र अपारदर्शीताका कारण हाम्रो समूहले जम्मा गरेको रकम परिवारको हातमै बुझाएका छौँ । खातामा रकम राखेको भए कहिलेसम्म दिन्थ्यो न दिन्थ्यो पनि, त्यसैले आफै नेपाल आएर हातमै सहयोगार्थ रकम बुझायौँ । सरोज जी कत्तै राम्रो गर्छन होला, राम्रो कार्य गर्नुहुन्छ होला त्यो बेग्लै कुरा हो तर मलाई विश्वास भएन, खातामा जम्मा गरेनौ त्यति हो ।
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…