रहेनन बलिवुडका दिग्गज कलाकार नाना पाटेकर, ७५ वर्षको उमेरमा निधन

२०८३ असोज २२ बिहीबार
बिहान ०८:२३ बजे
न्यूज ब्यूरो, डेस्क

जनकपुरधाम । बलिउड तथा मराठी चलचित्रका चर्चित अभिनेता नाना पाटेकरको निधन भएको छ । उनको ७५ वर्षको उमेरमा गोवास्थित आफ्नै निवासमा हृदयाघातका कारण निधन भएको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार बिहीबार बिहान करिब ५ः२० बजे गोवाको डोना पाउला क्षेत्रमा रहेको निवासमा उनलाई गम्भीर अवस्थामा फेला पारिएको थियो । तत्कालै मणिपाल अस्पताल लगिए पनि चिकित्सकले बचाउन सकेनन् ।

चिकित्सकहरूले करिब ४५ मिनेटसम्म मुटुको चाल फर्काउने प्रयास गरे पनि उनको स्वास्थ्यमा सुधार नआएको जनाइएको छ । अस्पतालका चिकित्सक डा। शेखर सालकरले घटनालाई मेडिको–लिगल केसका रूपमा दर्ता गरिएको र मृत्युको यकिन कारण पुष्टि गर्न शव परीक्षण गरिने बताएका छन् ।

नाना पाटेकर हिन्दी र मराठी चलचित्रमा आफ्नो दमदार अभिनय, प्रभावशाली संवाद र विशिष्ट अभिनय शैलीका लागि परिचित थिए । ‘परिन्दा’, ‘क्रान्तिवीर’, ‘अग्निसाक्षी’, ‘खामोशीः द म्युजिकल’, ‘अब तक छप्पन’, ‘वेलकम’ लगायतका चलचित्रमा उनले स्मरणीय भूमिका निर्वाह गरेका थिए ।

उनले अभिनयसँगै निर्देशनमा समेत काम गरेका थिए । ‘प्रहारः द फाइनल अट्याक’ उनको निर्देशकीय काममध्ये चर्चित चलचित्र हो ।

पाटेकरले आफ्नो अभिनय यात्रामा राष्ट्रिय चलचित्र पुरस्कारसहित विभिन्न प्रतिष्ठित सम्मान प्राप्त गरेका थिए । भारत सरकारले उनलाई सन् २०१३ मा पद्मश्रीबाट सम्मानित गरेको थियो ।

उनको आकस्मिक निधनको खबरले भारतीय चलचित्र क्षेत्र तथा उनका प्रशंसकहरूमा शोक छाएको छ ।

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 100%

सिरहामा ११० किलोभन्दा बढी गाँजासहित तीन जना पक्राउ

  • २०८३ असोज २२ बिहीबार

न्यूज ब्यूरो, सिरहा । सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाबाट खटिएको टोलीले विशेष

पूरा पढ्नुहोस्

Bureau Menus