न्यूज ब्युरो, जनकपुरधाम । पशुपतिनाथ मन्दिरको मुख्य मन्दिरभित्र प्रवेश गरेको आरोपमा इटहरीका प्रियंका परियार र ओसीम अन्सारी पक्राउ परेका छन् ।
पशुपति क्षेत्र विकास कोषले दिएको जाहेरीका आधारमा प्रहरीले उनीहरूलाई बुधबार इटहरीबाट पक्राउ गरेको हो । पक्राउ परेका दुवैलाई काठमाडौंस्थित प्रहरी वृत्त गौशाला पठाइएको प्रहरीले जनाएको छ ।
गैरहिन्दूलाई पशुपतिनाथको मूल मन्दिरमा प्रवेश गराइएको भन्दै उनीहरूले केही दिनअघि बनाएको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेपछि घटना विवादमा आएको थियो । भिडिओमा ओसीम अन्सारी मुस्लिम समुदायले लगाउने टोपीमा देखिएपछि यो विषय थप चर्चामा आएको थियो ।
यही विषयमा सांसद खुस्बु ओलीले सामाजिक सञ्जालमार्फत प्रश्न उठाएपछि पशुपति क्षेत्र विकास कोषले उनीहरूविरुद्ध प्रहरीमा जाहेरी दिएको बताइएको छ ।
तर, पक्राउ पर्नुअघि अन्सारी दम्पतीले भिडिओमार्फत आफूहरूले पशुपतिनाथको मुख्य मन्दिरभित्र प्रवेश नै नगरेको दाबी गरेका थिए । उनीहरूका अनुसार मूल ढोकाबाट भित्र प्रवेश गरे पनि मन्दिरको भर्याङबाटै आफूहरूलाई फर्काइएको थियो ।
प्रियंकाले पशुपतिनाथ आफ्नो आस्थाको केन्द्र भएको र आफ्ना श्रीमानलाई पनि मन्दिर देखाउन आफू त्यहाँ गएको बताएकी थिइन् ।
प्रेम विवाह गरेका प्रियंका र ओसीम इटहरीमा व्यापार–व्यवसाय गर्दै आएका छन् । अन्सारी इटहरी–८ का स्थायी बासिन्दा हुन् ।
अब प्रहरीले उनीहरूलाई कुन कसुरमा अनुसन्धान अघि बढाउँछ र पशुपति क्षेत्र विकास कोषको जाहेरीमा के–कस्ता आधार प्रस्तुत गरिएको छ भन्ने विषयले घटनालाई थप रोचक बनाएको छ ।
जनकपुरकी 'आरती सिँह' मिसेज नेपाल २०२० की प्रतियोगी, भोटको लागि अपिल, अब केही घण्टा बाँकी
- २०८३ असोज २१ बुधबार
न्यूज ब्यूरो, जनकपुरधाम । मिसेज नेपाल टुरिज्म २०२० की प्रतियोगी लागि जनकपुरकी आरती सिँहले आफूलाई भोंट गरी जिताउन अपिल गरेकी छन् । आज (मँगलबार) हुने प्रतियोगिताको ग्राण्ड फिनालेको लागि बिहान १२
पूरा पढ्नुहोस्


