रास्वपा (घण्टी) का सांसद चन्दन सिंहसहित १४ जनाविरुद्ध भेदभावको मुद्दा दर्ता

२०८३ असोज १८ आइतबार
बिहान ०८:०३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, बारा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बारा क्षेत्र नं. २ का सांसद चन्दनकुमार सिंहसहित १४ जनाविरुद्ध भेदभाव तथा अपमानजनक व्यवहारसम्बन्धी मुद्दा दर्ता भएको छ ।

उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासको परमादेशपछि जिल्ला प्रहरी कार्यालय बाराले गत असोज ६ गते मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको हो ।

देवताल गाउँपालिका–५ का ३१ वर्षीय गनपत कुमार महतोले दिएको जाहेरीका आधारमा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । महतोका अनुसार २७ कात्तिक २०८१ मा सांसद सिंहसहितको सहभागितामा आफूलाई सामाजिक बहिष्कार गर्ने निर्णय गरिएको थियो ।

जाहेरीमा आफू र परिवारलाई विवाह, सामाजिक तथा धार्मिक कार्यक्रममा सहभागी हुन रोक लगाउने वातावरण बनाइएको, सामाजिक रूपमा अपमानित गर्ने तथा आफ्नो प्रतिष्ठामा असर पर्ने गरी प्रचार–प्रसार गरिएको आरोप लगाइएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका एसपी नरेन्द्र कुँवरले उच्च अदालतको परमादेशपछि मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको जानकारी दिए । उनका अनुसार हालसम्म सांसद सिंहसहित कसैविरुद्ध पक्राउ पुर्जी जारी भएको छैन ।

जाहेरीमा सांसद सिंहसहित रामबाबु प्रसाद यादव, ईश्वर चौधरी, विश्वनाथ सिंह, दिला सिंह, भैरव राउत, शिवदर्शन पण्डित, वीरेन्द्र पसवान, प्रमोद प्रसाद साह, हरिनारायण गिरी, रामबाबु यादव, भोडीलाल साह, रामेश्वर महतो र देवराज महतोको नाम उल्लेख छ।

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनमत पार्टीका अध्यक्ष डा. सिके राउत पुनः अध्यक्षमै तटस्थ, उपाध्यक्षमा कुशवाहा, महासचिव बने यादव

  • २०८३ असोज १८ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम । जनमत पार्टीको अध्यक्षमा डा. सीके राउत पुनः निर्वाचित भएका छन् । वीरगञ्जमा सम्पन्न पार्टीको महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा राउतले ९५८ मत प्राप्त गर्दै अध्यक्षमा निरन्तरता पाएका हुन्

पूरा पढ्नुहोस्

Bureau Menus