न्यूज ब्यूरो, भारत । उत्तर प्रदेशको गाजियाबादस्थित एमपी–एमएलए विशेष अदालतले नगीना लोकसभा सांसद तथा आजाद समाज पार्टीका अध्यक्ष चन्द्रशेखर आजादविरुद्ध गैरजमानती पक्राउ पुर्जी जारी गरेको छ ।
सन् २०१८ मा साहिबाबाद क्षेत्रमा भएको भनिएको मारपिटसम्बन्धी मुद्दाको सुनुवाइका क्रममा अदालतमा उपस्थित नभएपछि आजादविरुद्ध गैरजमानती पक्राउ पुर्जी जारी गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अदालतले उनको सम्पत्ति कुर्कीसम्बन्धी कानुनी प्रक्रिया अघि बढाउनसमेत आदेश दिएको रिपोर्टहरूमा उल्लेख छ ।
यो मुद्दा गाजियाबादको साहिबाबाद प्रहरी क्षेत्रमा सन् २०१८ मा दर्ता भएको थियो । मुद्दाका उजुरीकर्ता नूरपुर निवासी धर्मेन्द्र कुमार हुन् ।
धर्मेन्द्रका अनुसार उनी साहिबाबादस्थित वृन्दावन गार्डेनमा आयोजित विवाह समारोहमा सहभागी भएका बेला चन्द्रशेखर आजाद आफ्ना समर्थकसहित त्यहाँ पुगेका थिए । आजादसँग आएका व्यक्तिहरूसँग हतियार देखेपछि आफूले त्यसबारे प्रश्न गरेको र त्यसपछि आफूमाथि गालीगलौज तथा कुटपिट गरिएको उनको आरोप छ ।
उजुरीकर्ताका अनुसार त्यस क्रममा चन्द्रशेखर आजाद, गुलजार सिद्दिकी, पंकज जाटवसहित करिब १५ जनाले आफूलाई कुटपिट गर्नुका साथै विरोध गरे ज्यान मार्ने धम्कीसमेत दिएको आरोप लगाइएको थियो । उक्त घटनापछि प्रहरीमा उजुरी परेको र मुद्दा अदालतमा विचाराधीन रहेको छ ।
यस मुद्दामा आजाद यसअघि मे २०२५ मा अदालतमा उपस्थित भएका थिए र आफूविरुद्ध जारी भएको वारन्ट फिर्ता लिन माग गरेका थिए । त्यसपछि पनि पछिल्लो सुनुवाइमा उनी अदालतमा उपस्थित नभएपछि अदालतले पुनः गैरजमानती पक्राउ पुर्जी जारी गरेको रिपोर्टमा उल्लेख छ ।
उजुरीकर्ता पक्षका वकिलले आजाद लगातार अदालतको सुनुवाइमा अनुपस्थित रहेको भन्दै पक्राउ पुर्जीका साथै सम्पत्ति कुर्कीसम्बन्धी कानुनी प्रक्रिया अघि बढाउन माग गरेका थिए । त्यसपछि अदालतबाट गैरजमानती पक्राउ पुर्जी जारी भएको र सम्पत्ति कुर्कीसम्बन्धी प्रक्रिया अघि बढाउने आदेश आएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
यद्यपि, धर्मेन्द्रले लगाएका कुटपिट तथा धम्कीका आरोपहरू अदालतबाट अन्तिम रूपमा प्रमाणित भइसकेका छैनन् । मुद्दा अझै न्यायिक प्रक्रियामै रहेको छ ।
लामा नङ पालेर मधेशको नाम उच्च पार्छु : यादव
- २०८३ असोज १७ शनिबार
- न्यूज ब्यूरो, नेपाल
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर-२ को अस्थायी राजधानी जनकपुरका एक युवकले आफ्नो नँग (नौह) बाट पहिचान स्थापित गर्ने धोको राखेका छन् । जनकपुरधाम उपमहागनरपालिका वडा नं. १७ कनकपट्टि बस्ने दिनेश
पूरा पढ्नुहोस्




