न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामस्थित रहेको जनकपुर न्यूरो हस्पिटलले कर्मचारी सम्मान कार्यक्रम लागू गरेको छ ।
न्यूरो हस्पिटलमा कार्यरत कर्मचारीहरुलाई प्रत्येक महिना एक कर्मचारीलाई उत्कृष्ट घोषणा गरी सम्मानसहित पुरस्कृत गर्ने योजना ल्याएको हो ।
हस्पिटलले एक कमिटि गठन गरी प्रत्येक महिनामा कर्मचारीको अनुशासन, कामको आधारमा प्वाईन्ट प्रदान गरी महिनाको अन्त्यमा एक जनालाई उत्कृष्ट घोषित गरी सम्मानसहित पुरस्कार दिने व्यवस्था गरेको हो ।
सोही अनुसार भदौको महिनाको उत्कृष्ट कर्मचारीमा अस्पतालमा कार्यरत एच.ए. अर्चना कुमारी गुप्ता छनौट भएकी हुन् । उनलाई अस्पतालका डाक्टर बिजय कुमार राउत, अस्पताल प्रशासनको उपस्थितिमा उत्कृष्ट कर्मचारी घोषित गर्दै सम्मानसहित पुरस्कृत गरेको हो ।
गुप्तालाई सोमबार अस्पताल प्रशासनले निर्णायकहरुको अँकको आधारमा उत्कृष्ट कर्मचारी घोषणा गरी सम्मानपत्रसहित पुरस्कार राशी समेत प्रदान गरेको हो । अर्चनाले अस्पतालको पूर्ण अनुशासन, उत्तम जिम्मेवारी, बोली व्यवहार, विरामी र कुरुवासँगको उत्तम व्यवहारको आधारमा अँक प्राप्त गरी भदौ महिनाको लागि उत्कृष्ट कर्मचारी घोषणा भईन् ।
अस्पतालका सँचालक एवम् न्यूरो सर्जन समेत रहेका डा. राउतले कर्मचारीको व्यवहार, उपस्थिति, विरामी र कुरुवासँगको व्यवहार, कर्मचारीसँगको व्यवहार, जिम्मेवारी वहनसहित अन्य मापदण्डको अनुसार अँक प्राप्त गरी अब प्रत्येक महिना एक उत्कृष्ट कर्मचारी घोषणा हुने बताए ।
अस्पतालले यो कार्यक्रम लागू गरेपछि कर्मचारीहरुमा उत्साह समेत थपिएको बताईएको छ । यसले अस्पतालको अवस्थामा थप सुधार हुने अपेक्षा गरिएको हो ।
तराईको गर्मीमा आँखाको हेरचाह कसरी गर्ने ?
- २०८३ असोज ५ सोमबार
न्यूज ब्यूरो, जनकपुरधाम । बढ्दो प्रदूषण, विश्व तापमानमा वृद्धिजस्ता कारण गर्मी मौसममा आँखामा विभिन्न संक्रमण देखा पर्ने गरेको छ। संक्रमण हुँदा समयमै ख्याल नगरे आँखाको दृष्टि नै गुम्न सक्छ । गर्मीका
पूरा पढ्नुहोस्



