बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय वृद्ध पक्राउ

२०८३ असोज २ शुक्रबार
बिहान १०:३२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, बारा । बारामा ५ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा ६५ वर्षीय एक वृद्ध पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका–१९ इनर्वासिराका ६५ वर्षीय हसनजान मियाँ रहेका छन् । उनीमाथि स्थानीय ५ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोप लागेको प्रहरीले जनाएको छ ।

घटनाबारे जानकारी पाएपछि बिहीबार राति करिब साढे ९ बजे इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।

प्रहरीले आरोपित मियाँलाई नियन्त्रणमा लिन खोज्दा केही स्थानीयले अवरोध गरेपछि घटनास्थल केही समय तनावग्रस्त बनेको बताइएको छ । स्थानीयले आरोपितलाई प्रहरीको जिम्मा लगाउनुभन्दा आफैं कारबाही गर्ने प्रयास गरेपछि भिड अनियन्त्रित भएको प्रहरीले जनाएको छ ।

स्थिति नियन्त्रणमा लिन कलैयाबाट थप प्रहरी टोलीसमेत घटनास्थल पुगेको थियो । प्रहरीले बल प्रयोग गरी भिडलाई तितरबितर बनाएपछि आरोपित मियाँलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय सिमरा लगिएको जनाइएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि पनि बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ मा ३ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटना सार्वजनिक भएको थियो । जिल्लामा बालिकामाथि भएका लगातारका यस्ता घटनाले बालबालिकाको सुरक्षा र संरक्षणप्रति गम्भीर प्रश्न उठाएको छ ।

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

Autonomy vs Accountability: Rethinking the Role of Financial System Regulators

  • २०८३ असोज २ शुक्रबार
  • Anuja Das

Anuja Das | In every country, financial regulators plays important role in keeping the economy safe and stable. Financial regulators are responsible to ensure banks follow the rules, manage risks,

पूरा पढ्नुहोस्

Bureau Menus