न्यूज ब्यूरो, जनकपुरधाम । डेढ वर्षअघि धनुषाकी एक बालिकालाई विवाहको प्रलोभन देखाएर अपहरण गरी जनकपुरका होटलमा लगेर बलात्कार तथा बन्धक बनाएको आरोपमा पक्राउ परेका मुख्य अभियुक्त ताहिर राइन पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
धनुषा जिल्ला अदालतले २६ भदौमा २३ वर्षीय राइनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । अदालतको आदेशपछि उनलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
यही प्रकरणमा घटना २० लाख रुपैयाँमा मिलाउन दबाब दिएको आरोप लागेका धनौजी गाउँपालिका–५ का वडाध्यक्ष याकुब कवारी भने १ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । धनुषा जिल्ला अदालतले सोमबार उनलाई धरौटीमा छाड्ने आदेश दिएको हो । अदालतको आदेशअनुसार धरौटी बुझाएपछि उनी रिहा भएको प्रहरीले जनाएको छ ।
विदेश भागेका थिए मुख्य अभियुक्त
पीडित बालिकाको जाहेरीअनुसार घटना भएपछि ताहिर राइन कतार पुगेका थिए । नेपाल प्रहरीले उनलाई इन्टरपोलमार्फत पक्राउ गरी गत २५ साउनमा नेपाल ल्याएको थियो ।
बालिकाको बयान तथा अनुसन्धानका आधारमा वडाध्यक्ष कवारीलाई समेत धनुषा प्रहरीले गत शुक्रबार पक्राउ गरेको थियो ।
एकपटक होइन, पुनः अपहरण
प्रहरीमा परेको जाहेरी र मुद्दाको मिसिलअनुसार घटनाको श्रृंखला लामो छ ।
धनौजी गाउँपालिकाकी १६ वर्षीया बालिका पहिलोपटक २९ चैत २०८१ मा अपहरणमा परेको आरोप छ । आमा खेतमा गएको बेला घरनजिकै पसल सञ्चालन गर्ने ताहिर राइनले विवाह गर्ने प्रलोभन देखाएर उनलाई अपहरण गरी जनकपुर ल्याएको र विभिन्न होटलमा लगेर आफूसहित अन्य व्यक्तिले जबरजस्ती करणी गरेको अभियोग छ ।
पीडित बालिका त्यहाँबाट भागेर ज्यान जोगाउन सफल भएकी थिइन् ।
त्यसपछि उनले ३ जेठ २०८२ मा जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएकी थिइन् । तर जाहेरीपछि पनि घटनामा तत्काल प्रभावकारी अनुसन्धान नभएको र मुख्य अभियुक्त विदेश भागेको आरोप पीडित पक्षले लगाउँदै आएको छ ।
फेरि अपहरण, १९ दिन होटलमा बन्धक
पहिलो घटनापछि पनि बालिका सुरक्षित हुन सकिनन् । १७ असार २०८२ को बिहान करिब ४ बजे बाख्रा बाँध्न घरको दैलोमा निस्किएको अवस्थामा आफूलाई पुनः अपहरण गरिएको बालिकाले जाहेरीमा उल्लेख गरेकी छन् ।
जाहेरीअनुसार अञ्जली महरासहित तीन जना व्यक्तिले गाडीमा आएर उनको आँखामा कपडा बाँधी अपहरण गरेका थिए ।
त्यसपछि उनलाई जनकपुर ल्याएर पिडारीचोकस्थित होटल सीएफसीमा दुई दिन राखिएको र त्यसपछि मुरलीचोकस्थित मधेश प्रदेश गेस्ट हाउसमा १७ दिनसम्म बन्धक बनाइएको मुद्दाको मिसिलमा उल्लेख छ ।
मिसिलअनुसार ती होटलमा बालिकामाथि जबरजस्ती करणी भएको र होटल सञ्चालकसहितका प्रतिवादीले अन्य व्यक्तिबाट समेत रकम लिएर उनलाई जबरजस्ती करणी गर्न लगाएको अभियोग छ ।
दुई छुट्टाछुट्टै मुद्दा, करिब एक दर्जन अभियुक्त
यस घटनासम्बन्धी जिल्ला अदालत धनुषामा दुईवटा मुद्दा दर्ता छन् । मुद्दामा दुई प्रहरीसहित करिब एक दर्जन व्यक्ति अभियुक्त रहेको जनाइएको छ ।
मानव बेचबिखन, अपहरण तथा शरीर बन्धकसम्बन्धी मुद्दा २९ चैत २०८१ को घटनासँग सम्बन्धित छ भने जबरजस्ती करणीसम्बन्धी मुद्दा १७ असार २०८२ को पुनः अपहरण घटनासँग सम्बन्धित छ ।
यी मुद्दाका अधिकांश अभियुक्त अझै फरार रहेको प्रहरीले जनाएको छ ।
घटनापछि चौतर्फी दबाब र सुरक्षाको चुनौतीका कारण पीडित बालिका अझै सेफ हाउसमै बस्न बाध्य छिन् ।
एकातर्फ मुख्य अभियुक्त अदालतको आदेशपछि पुर्पक्षका लागि कारागार पुगेका छन् भने अर्कोतर्फ घटनामा संलग्न रहेको आरोप लागेका अधिकांश व्यक्ति अझै फरार छन् ।
बालिकामाथि पटक–पटक भएको भनिएको अपराध, पहिलो जाहेरीपछि भएको ढिलाइ, मुख्य अभियुक्तको विदेश पलायन र पुनः अपहरणपछि १९ दिनसम्म होटलमा राखिएको आरोपले यो प्रकरणमा प्रहरी अनुसन्धान तथा पीडितको सुरक्षामाथि समेत गम्भीर प्रश्न उठाएको छ ।
भोजपुरी फिल्म ‘हलाला’को ट्रेलरपछि विवाद, मुस्लिम समुदायको चित्रणलाई लिएर विरोध
- २०८३ भदौ ३१ बुधबार
नयाँदिल्ली । भोजपुरी भाषामा निर्माण भएको नयाँ फिल्म ‘हलाला’को ट्रेलर सार्वजनिक भएसँगै यसको विषयवस्तुलाई लिएर सामाजिक सञ्जालमा विवाद चर्किएको छ । राज यादव, मनीषा यादव, सञ्जय पाण्डे र अरुण बक्शीको अभिनय
पूरा पढ्नुहोस्

