रणविर र दीपिकाको विवाह फिक्स, यत्रो खर्च गरी विवाह हुँदै
न्यूज ब्यूरो | एजेन्सी, ३१ साउन । अनुष्का–विराट तथा सोनम–आनन्दपछि बलिउडका टप कपल रणवीर सिंह तथा दीपिका पादुकोण बिहे गर्दैछन् । एक वर्षदेखि उनीहरुको विवाहको चर्चा हुँदै आएको छ । राम–लीलाका यी जोडीले अब विवाहको गर्ने ठाउँ पनि फाइनल गरिसकेका छन् । फिल्मफेयरको रिपोर्टका अनुसार अनुष्का र विराटले झैँ दीपि

२०७५ साउन ३१ बिहीबार, बिहान १०:२३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
एजेन्सी, ३१ साउन । अनुष्का–विराट तथा सोनम–आनन्दपछि बलिउडका टप कपल रणवीर सिंह तथा दीपिका पादुकोण बिहे गर्दैछन् । एक वर्षदेखि उनीहरुको विवाहको चर्चा हुँदै आएको छ ।
राम–लीलाका यी जोडीले अब विवाहको गर्ने ठाउँ पनि फाइनल गरिसकेका छन् । फिल्मफेयरको रिपोर्टका अनुसार अनुष्का र विराटले झैँ दीपिका र रणवीरले पनि इटालीमै बिहे गर्नेछन् ।
उनीहरुले इटालीको ‘लेक कोमो’ मा बिहे गर्ने पक्का गरेका छन् । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण ‘लेक कोमो’ इटालीको लोम्बार्डीमा पर्दछ । रणवीर र दीपिकाका आफन्तले जनाए अनुसार आउँदो नोभेम्बर २० उनीहरुको विवाह हुँदैछ । वैवाहिक समारोहमा रणवीर दीपिकाका नजिकका आफन्तको मात्रै सहभागिता रहनेछ ।
फिल्म इन्डस्ट्रीबाट विवाहमा कसैको पनि सहभागिता नरहने जनाइएको छ र अर्जुन कपूर रणवीरका नजिकका साथी भएकाले उनी भने सहभागी हुन सक्ने फिल्मफेयरले जनाएको छ ।
विवाहपछि दीपिका र रणवीरले मुम्बईमा पूरै बलिउड इन्डस्ट्रीका लागि रिसेप्सन पार्टी राख्नेछन् ।
रिपोर्टहरुका अनुसार विराट र अनुष्काको विवाहमा एक सय करोडभन्दा बढी खर्च भएको थियो । रणवीर र दीपिकाको विवाहमा त्योभन्दा बढी खर्च गरिने जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…