धनुषा प्रहरीको ठुलो सफलताः १२ दिनदेखि निरन्तर निगरानीमा थिइन सुनिता, प्रहरीको अपरेशनपछि घुँडा टेकिन अपहरणकारी

२०८३ भदौ २९ सोमबार
बेलुकी ५:५६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा डेढ बर्षिय बालक अपहरणमा परेको १२ दिनपछि धनुषा प्रहरीले अपहरणमुक्त गराउन सफल भएको छ । 

गत भदौ १८ गते दिउँसो करिब ३ः०० बजे आफ्नै घर नजिकबाट उठाईएका धनुषा विदेह नगरपालिका तिनकोरिया बस्ने कमलेश महतोका डेढ बर्षिय छोरा सिदाँश महतोलाई एक महिलाले विभिन्न स्थानमा घुमाएको तथ्य फेला परेको छ । बालक हराएपछि आफैँ धनुषाका एसपी रुपेश खड्का र डिएसपी ओमप्रकाश खनाल फिल्डमा खटेका थिए । 

बालक हराएको सूचना पाए लगत्तै डग टोलीसहित परिचालन गरेको धनुषा प्रहरीले तत्कालै क्लू पाएको थियो । विगत १२ दिनदेखि बच्चा चोरी भएको प्रकरणलाई गोप्य रुपमा पछयाउँदै गएको धनुषा प्रहरीले अन्ततः १२औँ दिनमा सफलता हाँसिल गरेको हो । 

सुरुदिनदेखि नै धनुषा प्रहरीले सबुत प्रमाणहरु जुटाउँदै बच्चा अपहरणमा संलग्न एक महिला उपर निरन्तर निगरानी बढाएको थियो । जनकपुरमा डेरा गरी बस्दै आएकी एक महिलामाथि शंका गएपछि प्रहरीले सोही कोणबाट अनुसन्धान प्रक्रिया अगाडी बढायो । 

धनुषाको कमला नगरपालिका वडा नं. ९ दुबरकोट बस्ने स्थानीय महिला सुनितादेवी पासवानलाई धनुषा प्रहरीले पक्राउ गरेको छ । सुरुदिनदेखि धनुषा प्रहरीले पासवानलाई पछयाउँदै आएकोमा आज सफलता हात पारेको हो । 

जानकारी अनुसार, सुनिताको आफ्नो छोराको मृत्यू भएको शल्यक्रिया समेत गराएको कारण उनको सन्तान नहुने भएपछि उनले बच्चा चोरीको योजना बनाएको बताईएको छ । सुनिताले खेल्दै गरेका सिदाँशलाई घरबाटै उठाएर भारततर्फ लगेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । प्रारम्भिक जानकारी अनुसार, सुनिताको माईत रहेको भारत बिहारको खौना लखबास्थित बालकलाई राख्दै आएको खुलेको छ । 

चोरी भएको दिन भारत हुँदै जनकपुरमा डेरा बस्दै आएकी पासवानले जनकपुरमा समेत ती बालकलाई राख्दै केहीदिनपछि डेरा सारेको खुलेको छ । त्यसपछि बालकलाई विभिन्न स्थान घुमाउँदै गत शुक्रबार सिदाँशलाई आफ्नै छोरा भन्दै जन्मदर्ता बनाउन गएको खुलेको छ । कमला ९ वडामा जन्मदर्ता बनाउन गएपछि थप रहस्य खुलेको धनुषा प्रहरीले जनाएको छ । 

निरन्तर प्रहरीको निगरानीमा रहेकी सुनिताले बालकलाई अन्तै राखेर कागपत्र बनाउने तर्खरमा थिइन् । तबसम्म धनुषा प्रहरीले सबुत प्रमाण जम्मा गरी उनलाई ट्रेसमा राखेको थियो । 

धनुषा प्रहरीले कुनै कसर बाँकी नराखेपछि सुनिता परेशान भएर बच्चा छाडेर भाग्ने प्रयास गर्दा पक्राउ परेकी हुन् । तिनकोरिया बजारभन्दा करिब १०० मिटर दक्षिण सिदाँशलाई छाडेर भाग्ने क्रममा सुनिता पासवान पक्राउ परेकी हुन् ।  सुरुमा उनले बालक रोएपछि आफू ल्याएको दाबी गरेपनि निरन्तर निगरानीमा रहेकी सुनितालाई धनुषा प्रहरीले पक्राउ गरी थप अनुसन्धान प्रक्रिया अगाडी बढाएको हो । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 67%

तराईको गर्मीमा आँखाको हेरचाह कसरी गर्ने ?

  • २०८३ भदौ २९ सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम । बढ्दो प्रदूषण, विश्व तापमानमा वृद्धिजस्ता कारण गर्मी मौसममा आँखामा विभिन्न संक्रमण देखा पर्ने गरेको छ। संक्रमण हुँदा समयमै ख्याल नगरे आँखाको दृष्टि नै गुम्न सक्छ । गर्मीका

पूरा पढ्नुहोस्

Bureau Menus