न्यूज ब्यूरो, जनकपुरधाम । गत धनुषाको तिनकौरियाचौकबाट १८ महिने बालक चोरी भएको १२ दिनपछि बालक सकुशल भेटिएको छ ।
तिनकोरिया चोक निवासी कमलेश महतोका डेढ बर्षिय छोरा सिद्धांश महतो हराएपछि प्रहरीले तत्काल खोजी अभियान सुरु गरेको थियो । बालक हराएपछि धनुषाका एसपी र डिएसपी आफैँ फिल्डमा आएपनि फेला पार्न सकेको थिएनन् ।
सोमबार दिउँसो कमलेश महतोको घरदेखि करिब १०० मिटर आँपमको बगैँचामा कसैले बच्चालाई सकुशल छाडेर भागेको जनाइएको छ । बच्चा रोएपछि महतो दौडेका थिए ।
हराएको दिन धनुषा प्रहरीले डग टोली समेत परिचालन गरेको थियो । कुकुर भने बोर्डरतर्फ गएका थिए । त्यसपछि कसैले भारततर्फ लगेको अनुमान गरेपछि खोजबिन जारी राखेको थियो ।
आज तिनकोरिया बजार जाँदै गरेकी एक महिलाले आँप बगैँचामा केराको बोट नजिक रुँदै गरेका ती बालकलाई लिएर बजार गएपछि कमलेशका छोरा १२ दिनपछि भेटाएको खुलेको हो ।
बालक सकुशल रहेको स्थानीयहरुले जनाएको छ । बालकलाई कसले लगेको भनेर अझै धनुषा प्रहरी अनुसन्धानमा रहेको छ ।
कक्षा १२ को परीक्षा आजदेखि सुरु, ४ लाख बढी विद्यार्थी सहभागी
- २०८३ भदौ २९ सोमबार
न्यूज ब्यूरो, जनकपुरधाम । आजदेखि देशभर एकसाथ कक्षा १२ को वार्षिक परीक्षा सुरु भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्षको परीक्षामा कुल ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी
पूरा पढ्नुहोस्



