अस्थायी दरबन्दीमा कार्यरत स्वास्थ्यकर्मीलाई काममा नखटाउन मधेश सरकारको निर्देशन

२०८३ भदौ २७ शनिबार
बेलुकी ६:५८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेश सरकारले अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तत्काल कामकाजमा नखटाउन तथा कार्यालयमा हाजिर नगराउन निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेशअन्तर्गतका स्वास्थ्य निर्देशनालय, आपूर्ति व्यवस्थापन केन्द्र, जनस्वास्थ्य प्रयोगशाला, स्वास्थ्य तालिम केन्द्र, प्रादेशिक अस्पताल, स्वास्थ्य कार्यालय तथा आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई पत्राचार गर्दै यस्तो निर्देशन दिएको हो ।

मन्त्रालयले २०८३ असार मसान्तसम्म अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीका लागि आर्थिक वर्ष २०८३र०८४ मा अस्थायी दरबन्दी स्वीकृत भएर नआएसम्म उनीहरूलाई कामकाजमा खटाउन तथा कार्यालयमा हाजिर गराउन रोक लगाएको जनाएको छ ।

मन्त्रालयका अनुसार अस्थायी दरबन्दी स्वीकृत हुनुअघि त्यस्ता कर्मचारीलाई काममा खटाइए वा कार्यालयमा हाजिर गराइए त्यसको सम्पूर्ण जिम्मेवारी सम्बन्धित निकाय प्रमुखले लिनुपर्नेछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०८३ भदौ २४ गते जारी गरेको पत्रमा उक्त निर्णय मन्त्रालयस्तरीय निर्णयबाट भएको उल्लेख छ । पत्रमा स्वास्थ्य संस्थाहरूलाई निर्णय कार्यान्वयन गर्न जानकारी गराइएको छ ।

यस निर्णयको प्रतिलिपि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अर्थ मन्त्रालय, मधेश प्रदेशलाई समेत पठाइएको छ ।

यो निर्णयले मधेश प्रदेशका विभिन्न सरकारी स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको सेवा निरन्तरताबारे अन्योल बढाएको छ । अब मन्त्रिपरिषद्बाट अस्थायी दरबन्दी स्वीकृत भएपछि मात्रै उनीहरूको आगामी कार्यव्यवस्थापन स्पष्ट हुने देखिएको छ ।

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

बच्चा खेलाउँदै बाँदर

  • २०८३ भदौ २७ शनिबार

  सेन्ट्रल जू , सदर चिडियाखाना काठमान्डौँमा आफ्नो बच्चा खेलाउँदै गरेको बाँदर दम्पति । 

पूरा पढ्नुहोस्

Bureau Menus