न्यूज ब्यूरो, जनकपुरधाम । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका जनकपुरका अजय प्रसाद सिंहकी श्रीमती पूजा साहले आफ्नो श्रीमान्को खोजी तथा उद्धारका लागि सरकारसँग तत्काल पहल गरिदिन अपिल गरेकी छन् ।
सुवा त्रिशुली अपर–१–२१६ अन्तर्गत मैलुङ बजारको क्याम्प साइटको तल्लो भेगमा स्थलगत खोज तथा उद्धार टोली पठाइदिन आफूहरूले पटक–पटक आग्रह गर्दै आए पनि १७ दिन बितिसक्दा समेत सुनुवाइ नभएको उनको गुनासो छ ।
सामाजिक सञ्जाल फेसबुकमार्फत भावुक अपिल गर्दै पूजा साहले पहुँच नभएका पीडितको पीडा कसले सुनिदिने भन्दै सरकारसमक्ष प्रश्न गरेकी छन् ।
उनले नेपाल सरकार र सम्बन्धित Doosan Company लाई कम्तीमा एउटा हेलिकप्टरसहित २०–२५ जनाको तालिमप्राप्त उद्धार टोली तत्काल परिचालन गरी सम्भावित क्षेत्रमा स्थलगत खोजी गर्न आग्रह गरेकी छन् ।
‘आफ्ना प्रियजनको अवस्था थाहा पाउन सकियो भने कम्तीमा यति गरिदिँदा हाम्रो पीडामा केही मल्हम लाग्ने थियो,’ उनले अपिलमा भनेकी छन् ।
बेपत्ताको खोजीमा ढिलाइ भएको भन्दै उनले सरकारसँग प्रश्नसमेत गरेकी छन् । ‘किन ढिला हो सरकार ?’ भन्दै उनले सरकार असफल बनाउने खेल भइरहेको हो कि भन्ने आशंकासमेत व्यक्त गरेकी छन् ।
कम्पनीले गरिरहेको खोज तथा उद्धार कार्यको नेपाल सरकारले अनुगमन तथा आवश्यक निर्देशन दिनुपर्ने उनको माग छ ।
‘किन कम्पनीलाई के–कसरी खोज तथा उद्धार गर्दैछ भनेर अनुगमन र निर्देशन दिन नेपाल सरकारको दायित्वभित्र पर्दैन ?’ उनले प्रश्न गरेकी छन् ।
आफ्नो आफन्त बेपत्ता नभएकाले अन्य पीडितको पीडा बुझ्न नसकेको जस्तो व्यवहार भइरहेको गुनासो गर्दै उनले सरकार र सम्बन्धित निकायलाई पीडित परिवारको आवाज गम्भीरतापूर्वक सुनिदिन आग्रह गरेकी छन् ।
भोटेकोशी क्षेत्रमा आएको बाढीपछि अजय प्रसाद सिंहसहित विभिन्न स्थानका नागरिक बेपत्ता छन् । बाढीपछि उद्धार तथा खोजी अभियान जारी रहे पनि कतिपय परिवारले अझै आफ्ना आफन्तको अवस्था थाहा पाउन सकेका छैनन् ।
अजयकी श्रीमती पूजा साहको यो अपिलले बाढीमा बेपत्ता भएका व्यक्तिको खोजीमा राज्यको प्राथमिकता, उद्धार कार्यको प्रभावकारिता तथा सम्बन्धित निर्माण कम्पनीको भूमिकामाथि समेत प्रश्न उठाएको छ ।
जनकपुरमा खुल्यो MS Chill & Sips क्याफे, जहाँ सस्तोमा आरामदायीको वाचा
- २०८३ भदौ २७ शनिबार
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामको रामानन्दचोकमा MS Chill & Sips क्याफे सँचालनमा आएको छ । रामानन्दचोकस्थित रहेको सीता प्यालेस होटलको अगाडी क्याफे सँचालनमा आएको हो । विभिन्न आईटम, स्वाद चाख्न विभिन्न स्थानमा जानुपर्ने
पूरा पढ्नुहोस्




