धनुषा जनकनन्दिनीका किसानहरुलाई सिँचाईका लागि विद्युतिय मोटर वितरण

२०८३ भदौ २६ शुक्रबार
दिउसो ४:२५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको जनकनन्दिनी गाउँपालिकाका किसानहरुलाई विद्युतिय मोटर वितरण कार्यक्रम सुरु भएको छ । 

जनकनन्दिनी गाउँपालिकाको कृषि शाखा मार्फत गाउँपालिकाको विभिन्न वडाका किसानहरुलाई विद्युतिय मोटर दिने कार्य सुरु भएको हो । 

किसानसँगको सहकार्यमा गाउँपालिका प्रमुख दिपिनदेव यादवले बजेट बाँडफाँड हुँदा आफ्नो बजेटबाट सहजीकरण गरेको बताए । मोटरका लागि किसानले २५ प्रतिशत सहकार्य गरेर पालिकाबाट ७५ प्रतिशत छुटयाउँदै मोटर दिएको हो । 

खेतमा मोटर नभएका, सिँचाईको अभाव भोगेका, अति विपन्न, गरिब तथा आवश्यक किसानलाई प्राथमिकतामा राखेर २५ प्रतिशतको लगानीमा विद्युतिय सिँचाई मोटर वितरण कार्यक्रम सुरु भएको हो । 

गाउँपालिकाभरिबाट १ सय ३० घरधुरीको लागि सो योजना लागू भएको अध्यक्ष यादवले बताए । पहिलो चरणमा १३० जना त्यस्ता जरुरतमन्द किसानले पाउने जनाउँदै अर्को चरणमा थप गरिने बताए । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

धनुषाधाममा राष्ट्रिय बाणिज्य बैँकको शाखा विस्तार 

  • २०८३ भदौ २६ शुक्रबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  राष्ट्रिय बाणिज्य बैंक लिमिटेडको नयाँ शाखा धनुषाको ऐतिहासिक धनुषाधाममा सञ्चालनमा आएको छ । बैंकको १३८ औं शाखाको रुपमा धनुषाधाममा पनि सेवा प्रारम्भ गरिएको रा.बा. बैंकले जनाएको छ

पूरा पढ्नुहोस्

Bureau Menus