न्यूज ब्यूरो, काठमाडौं । सार्वजनिक स्थानमा मधेशी समुदायलाई लक्षित गरी भड्काउ तथा आपत्तिजनक अभिव्यक्ति लेखेर सामाजिक सद्भावमा खलल पुर्याएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा खोटाङको बाक्सिला नगरपालिका–१५ घर भई हाल काठमाडौं महानगरपालिका–३१, शंखमूल बस्दै आएका ३५ वर्षीय विशाल गुरुङ रहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको टोलीले गुरुङलाई शंखमूलबाट नियन्त्रणमा लिएको हो । प्रहरीले सार्वजनिक स्थलमा मधेशी समुदाय लक्षित अभिव्यक्ति लेखेको आरोपमा उनलाई पक्राउ गरेको जनाएको छ ।
प्रहरीका अनुसार गुरुङविरुद्ध सार्वजनिक शान्तिमा खलल पार्न नहुनेसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ । सार्वजनिक स्थानमा लेखिएका अभिव्यक्तिले सामाजिक सद्भावमा असर पार्ने तथा द्वन्द्व भड्काउन सक्ने भन्दै प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रहरीले घटनामा प्रयोग भएका सामग्री तथा सार्वजनिक स्थानमा लेखिएका अभिव्यक्तिबारे समेत अनुसन्धान गरिरहेको जनाएको छ ।
वर्मा मेडिकल हलका सञ्चालक सञ्जय वर्माद्वारा बाढीपीडितका लागि २ लाख सहयोग
- २०८३ भदौ २१ आइतबार
न्यूज ब्यूरो,जनकपुरधाम । बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि जनकपुरधामस्थित वर्मा मेडिकल हलका सञ्चालक सञ्जय वर्माले २ लाख रुपैयाँ सहयोग गरेका छन् । वर्माले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २
पूरा पढ्नुहोस्



