'Madheshi Dhoti Go Back'भनेर आपत्तिजनक अभिव्यक्ति लेखेको आरोपमा एक जना पक्राउ
प्रहरीका अनुसार गुरुङविरुद्ध सार्वजनिक शान्तिमा खलल पार्न नहुनेसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ । सार्वजनिक स्थानमा लेखिएका अभिव्यक्तिले सामाजिक सद्भावमा असर पार्ने तथा द्वन्द्व भड्काउन सक्ने भन्दै प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

२०८३ भदौ २१ आइतबार, बेलुकी ६:०४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । सार्वजनिक स्थानमा मधेशी समुदायलाई लक्षित गरी भड्काउ तथा आपत्तिजनक अभिव्यक्ति लेखेर सामाजिक सद्भावमा खलल पुर्याएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा खोटाङको बाक्सिला नगरपालिका–१५ घर भई हाल काठमाडौं महानगरपालिका–३१, शंखमूल बस्दै आएका ३५ वर्षीय विशाल गुरुङ रहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको टोलीले गुरुङलाई शंखमूलबाट नियन्त्रणमा लिएको हो । प्रहरीले सार्वजनिक स्थलमा मधेशी समुदाय लक्षित अभिव्यक्ति लेखेको आरोपमा उनलाई पक्राउ गरेको जनाएको छ ।
प्रहरीका अनुसार गुरुङविरुद्ध सार्वजनिक शान्तिमा खलल पार्न नहुनेसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ । सार्वजनिक स्थानमा लेखिएका अभिव्यक्तिले सामाजिक सद्भावमा असर पार्ने तथा द्वन्द्व भड्काउन सक्ने भन्दै प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रहरीले घटनामा प्रयोग भएका सामग्री तथा सार्वजनिक स्थानमा लेखिएका अभिव्यक्तिबारे समेत अनुसन्धान गरिरहेको जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।













टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…