बिहारमा एमएलसी निर्वाचनः नेपाल–भारत सीमा नाका बन्द, जनकपुर–जयनगर रेल सेवा सञ्चालनमै
Hi, this is the subtitle test.

२०८३ कार्तिक ६ शुक्रबार, बिहान ८:५४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । भारतको बिहारमा विधान परिषद् सदस्य (एमएलसी) निर्वाचनलाई लक्षित गर्दै नेपाल–भारत सीमा नाका २४ घण्टाका लागि बन्द गरिएको छ । तर, जनकपुर–जयनगर रेल सेवा भने सञ्चालनमै रहेको जनाइएको छ ।
बिहारमा अक्टोबर २३ अर्थात् आज विधान परिषद्का आठ सिटका लागि मतदान हुने भएकाले निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन सीमा नाकामा आवागमन रोकिएको हो ।
सीमा नाका बन्द गरिएसँगै नेपालबाट भारत र भारतबाट नेपालतर्फ हुने नियमित आवागमन प्रभावित भएको छ । सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने यात्रुहरूलाई यात्रा गर्नुअघि सम्बन्धित सुरक्षा निकायसँग जानकारी लिन आग्रह गरिएको छ ।
धनुषा प्रशासनका अनुसार बिहीबारदेखि बन्द गरिएको सीमा नाका शुक्रबार बेलुकी ८ बजेसम्म बन्द रहने जनाइएको छ ।
यद्यपि, जनकपुर–जयनगर रेल सेवा सञ्चालनमै रहेको छ । नेपाल रेल्वे कार्यालय जनकपुरले रेल सेवा सँचालनमै रहेको जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।














टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…