तेस्रो संस्करणको एनपीएलको टिकट खुला, साधारणतर्फ ५०० रुपैयाँ
एनपीएलमा सहभागी टोलीबीचको प्रतिस्पर्धा हेर्न चाहने दर्शकले ई–सेवामार्फत टिकट खरिद गर्न सक्नेछन् ।

२०८३ कार्तिक ६ शुक्रबार, बिहान ९:०५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि टिकट बिक्री खुला भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले टिकटको मूल्य निर्धारण गरेसँगै ई–सेवामार्फत टिकट खरिद गर्न सकिने भएको हो ।
क्यानले लिग चरणका खेलका लागि साधारणतर्फ ५०० रुपैयाँ र प्रिमियमतर्फ एक हजार रुपैयाँ टिकट दर तोकेको छ ।
त्यस्तै, इलिमिनेटर र फाइनल खेलका लागि साधारणतर्फ एक हजार रुपैयाँ तथा प्रिमियमतर्फ दुई हजार रुपैयाँ मूल्य निर्धारण गरिएको छ ।
तेस्रो संस्करणको एनपीएल आगामी सोमबार कार्तिक १० गतेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । प्रतियोगिता मंसिर ५ गतेसम्म सञ्चालन हुने तालिका छ ।
एनपीएलमा सहभागी टोलीबीचको प्रतिस्पर्धा हेर्न चाहने दर्शकले ई–सेवामार्फत टिकट खरिद गर्न सक्नेछन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।













टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…