गोरखा र पोखरामा बंगलादेशी मुस्लिम धर्मगुरुको ट्रेनिङग, डोटीमा चर्चको आराधना
कार्यक्रममा सहभागीहरूलाई प्रशिक्षण दिनुका साथै धार्मिक प्रवचन, भजन, कोरस गायन र सामूहिक प्रार्थनामार्फत आराधना गरिएको जनाइएको छ ।
२०८३ कार्तिक ५ बिहीबार, बेलुकी ६:२२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । गोरखा र पोखराका मस्जिदमा बंगलादेशी मुस्लिम धर्मगुरुहरूको टोली धार्मिक गतिविधिमा सहभागी भएको छ । यस्तै, डोटीस्थित एक चर्चमा विशेष आराधना तथा संगीत कार्यक्रम आयोजना गरिएको छ ।
गोरखा नगरपालिका–६, हरमटारीस्थित जामे मस्जिदमा बंगलादेशका मुस्लिम धर्मगुरु मोहम्मद दाउद इस्लामसहित पाँच जनाको टोली केही दिनदेखि धार्मिक गतिविधिमा सक्रिय रहेको बताइएको छ । टोलीले मुस्लिम धर्मावलम्बीहरूलाई धार्मिक अनुशासनसम्बन्धी जानकारी दिनुका साथै सामूहिक नमाजमा सहभागी भएको जनाइएको छ ।
यसैगरी, पोखराको मानवअधिकार चोकस्थित जामे बिलाल मस्जिदमा पनि बंगलादेशी तथा फिलिपिन्सका मुस्लिम धर्मगुरुहरूको टोलीले धार्मिक गतिविधि गरेको बताइएको छ । बंगलादेशका मोहम्मद शेख बक्तियार रहमानसहित छ जना र फिलिपिन्सका जमाल सोलाइमान अब्दुल्लाहसमेत सात जनाको टोलीले झण्डै तीन दर्जन मुस्लिम धर्मावलम्बीलाई धार्मिक ज्ञान प्रदान गर्नुका साथै नमाज पढाएको जनाइएको छ ।
उता, डोटीको सिलगढी नगरपालिका–३, दिपायलस्थित आशिष चर्चमा विशेष आराधना तथा संगीत कार्यक्रम आयोजना गरिएको छ । पास्टर गर्भलाल तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा करिब ४५ जनाको सहभागिता रहेको बताइएको छ ।
कार्यक्रममा सहभागीहरूलाई प्रशिक्षण दिनुका साथै धार्मिक प्रवचन, भजन, कोरस गायन र सामूहिक प्रार्थनामार्फत आराधना गरिएको जनाइएको छ ।
मस्जिदमा भएका धार्मिक गतिविधि तथा चर्चमा आयोजित कार्यक्रमबारे जनआस्था पत्रिकाले अनलाईन सँस्करणमा समाचार प्रकाशित गरेको छ ।
“गोरखा र पोखराका मस्जिदमा बंगलादेशी तथा अन्य देशका मुस्लिम धर्मगुरुहरूको टोली धार्मिक गतिविधिमा सहभागी भएको विवरण सार्वजनिक भए पनि उनीहरू तब्लिगी जमातसँग आबद्ध रहेको नरहेको बारे खुलेको छैनन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
आनन्द कनिष्क
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।













टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…