धनुषाका लेखा कर्मचारीहरुको 'लेखा समूह धनुषा' ले बाढीपीडितका लागि पठाए एक लाख रुपैयाँ
विभिन्न स्थानीय तह तथा सरकारी निकायमा कार्यरत समूहसँग आवद्ध लेखाहरुबाट रकम संकलन गरी सो रकम पठाएको जानकारी दिए । समूहले सो रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रकम जम्मा गरी भौचरको एक कापी सिडिओलाई हस्तान्तरण गरेको हो ।

२०८३ भदौ ११ बिहीबार, बेलुकी ५:५० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा कार्यरत लेखा अधिकृत, लेखाहरुको समूह “लेखा समूह धनुषा” ले रसुवा बाढी पीडितका लागि एक लाख रुपैयाँ राहत सहयोग पठाएका छन् ।
विहिबार जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी मार्फत सो रकम बाढीपिडितका लागि पठाएका हुन् । विभिन्न स्थानीय तह, विभिन्न सरकारी निकायमा कार्यरत लेखा अधिकृत, लेखापालहरुले सो रकम जम्मा गरी मानवीय संवेदना भन्दै एक लाख रुपैयाँ सहयोग पठाएका हुन् ।
बुधबार बिहान करिब ९ बजे नेपालको रसुवा जिल्लास्थित भोटेकोशीमा आएको महाविनाशकारी बाढीले सयौँ जनाको ज्यान गएको छ भने सयौँ घाईते भएका छन् । सयौँ परिवार विस्थापित भएपछि उनीहरुको सहायताको लागि लेखा समूह धनुषाले एक लाख रुपैयाँ सहयोग गरेको लेखा समूहका उपाध्यक्ष सँजीव कुमार महतोले जानकारी दिए ।
विभिन्न स्थानीय तह तथा सरकारी निकायमा कार्यरत समूहसँग आवद्ध लेखाहरुबाट रकम संकलन गरी सो रकम पठाएको जानकारी दिए । समूहले सो रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रकम जम्मा गरी भौचरको एक कापी सिडिओलाई हस्तान्तरण गरेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…