"मधेसी पुत्र-३" को लागि बलिवुडका किरण कुमार र मोहन जोशी मधेस आउँदै
न्यूज ब्यूरो | सप्तरी, २८ साउन । मधेसी पुत्र र मधेसी पुत्र २ को अपार सफलतापछि बन्न लागेको मधेसी पुत्र ३ को लागि बलिउड कलाकारहरु मधेश आउने भएका छन् । नेपालको मधेशमा निर्माण हुने मैथिली फिल्ममा अभिनय गर्न बलिउड कलाकारहरु मधेस आउने पक्कापक्की भएको छ । दर्जनौँ बढी बलिवुड फिल्ममा आफ्नो अभियनय मार्फत दर्श

२०७५ साउन २८ सोमबार, राति १०:०१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
सप्तरी, २८ साउन । मधेसी पुत्र र मधेसी पुत्र २ को अपार सफलतापछि बन्न लागेको मधेसी पुत्र ३ को लागि बलिउड कलाकारहरु मधेश आउने भएका छन् । नेपालको मधेशमा निर्माण हुने मैथिली फिल्ममा अभिनय गर्न बलिउड कलाकारहरु मधेस आउने पक्कापक्की भएको छ ।
दर्जनौँ बढी बलिवुड फिल्ममा आफ्नो अभियनय मार्फत दर्शकलाई आफ्नो दिवाना बनाएका वरिष्ठ कलाकार किरण कुमार र मोहन जोशी मधेशी पुत्र ३ फिल्ममा अभिनय गर्नका लागि मधेश आउन लागेको फिल्मका निर्माता तथा निर्देशक निराजन मेहताले जानकारी दिए ।
मेहताका अनुसार आगामी दशैंबाट यो फिल्मको छायांकन प्रारम्भ गरिनेछ ।दशैंबाट छायांकन प्रारम्भ भए पनि मोहन जोशी र किरण कुमार दीपावलीसम्म यता आउनेछन् ।
मेहताले यसअघि मधेशी पुत्र र मधेशी पुत्र २ फिल्मको निर्माण सम्पन्न गरिसकेका छन् ।
उनले निर्माण गरेको मधेशी पुत्र २ फिल्म रिलिजमा नेपाल चलचित्र विकास बोर्डले रोक समेत लगाएको थियो । पछि केही दृश्य हटाइएपछि यो फिल्मलाई प्रदर्शनको अनुमति दिइएको थियो । मधेशी पुत्र २ फिल्ममा मधेशमा देखिएका समस्याहरुलाई उजागर गरिनेछ ।
फिल्ममा बलिउड कलाकार मोहन जोशी वरिष्ठ समाजसेवीको भूमिकामा देखिनेछन भने किरण कुमार खलनायकको भूमिकामा देखापर्ने निर्देशक मेहताले बताए । मेहताले यसअघि निर्माण गरेको दुबै मधेशी पुत्र फिल्मले मधेशका साथै विदेशमा पनि चर्चा पाएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…