कल्याणपुर डुमरीमा अवस्थित शिव मन्दिरमा घण्टी दान
न्यूज ब्यूरो | सिरहा, २८ साउन । सिरहाको कल्याणपुर नगरपालिका–९ डुमरीस्थित नहरमा अवस्थित शिव मन्दिरमा घण्टी दान गरिएको छ । गत तीन साताअघि उद्घाटन भएको नव निर्मित मन्दिर भवनमा कल्याणपुर वडा नं. ९ डुमरी निबासी धर्मनाथ यादवले सो घण्टी दान गरेका हुन् । उद्घाटन भएको तीन साताको अवसर पारी मन्दिरमा घण्टी राखि

२०७५ साउन २८ सोमबार, बेलुकी ७:०८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
सिरहा, २८ साउन । सिरहाको कल्याणपुर नगरपालिका–९ डुमरीस्थित नहरमा अवस्थित शिव मन्दिरमा घण्टी दान गरिएको छ । गत तीन साताअघि उद्घाटन भएको नव निर्मित मन्दिर भवनमा कल्याणपुर वडा नं. ९ डुमरी निबासी धर्मनाथ यादवले सो घण्टी दान गरेका हुन् ।
उद्घाटन भएको तीन साताको अवसर पारी मन्दिरमा घण्टी राखिएको परिवारजनले जानकारी दिएका छन् । मन्दिर करिब तीन वर्ष पुरानो रहेपनि नयाँ भवन भने हालै निर्माण गरिएको छ ।
उक्त अवसरमा दाता धर्मनाथ यादवका छोरा बिनोद यादव, बुहारी, नाती पंकज यादव र प्रिन्स यादवले मन्दिरमा बिधिवत पूजा गरी घण्टी झुन्ड्याएका थिए ।
गत केहि महिनाअघि सोही परिवारले डुमरीमा निर्माण हुन लागेको अस्पतालका लागि जग्गा समेत दान दिएका थिए । जग्गा अस्पतालको नाममा नामसारी भईसकेको छ । अस्पतालको शिल्यान्यास भने चाँडै गरिने बताइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…