फिल्म सेटमा सम्प्रादायिक व्यवहार गरेको आरोप लगाएकी काजोल कर्णलाई निर्देशक आचार्यले दिए यस्तो जवाफ
हाम्रो लागि संसारमा एउटै समुदाय हुन्छ मानव समुदाय, हरेक मानवलाई हामी समान ब्यबाहार गर्छौ, हामी अत्यन्तै मेहनत गरेर नेपाली चलचित्र उद्योगको लागि एउटा सुन्दर शृजना निर्माण मा व्यस्त छौ, आउनुहोस् हामी सबै मिलेर एउटा राम्रो सिनेमा निर्माण मा सहयोग गरौँ! काजल जी को कलाकारिताको लागि सफलताको शुभकामना!!

२०८३ असार २७ शनिबार, राति ८:२८ बजे३ मिनेट पढाइ
न्यूज ब्यूरो, काठमाडौं । निर्देशक दीपक प्रसाद आचार्यले कलाकार काजल कर्णलाई जवाफ दिएका छन् । आचार्य निर्देशक रहेको चलचित्रबाट आफूलाई मधेसी भएकै कारण निकालिएको आरोप लगाएका पछि आचार्यले त्यसको जवाफ दिएका हुन् ।
आफ्नो टिमले विभेद गरेकोबारे जानकारी नरहेको उनले बताएका छन् ।
यदि, त्यस्तो भएको पाइएका आफ्नो ध्यानाकर्षण भएको आचार्यले बताएका छन् । सेटमा नआउने खबर पठाएपछि अर्को कलाकार खोजिएको उनले प्रस्ट पारेका छन् ।
पारिश्रमिक भने डविङ पछि दिने जानकारी आफूले टिमबाट पाएको उनले बताएका छन् । काजलले भने थाहै नदिइ निकालिएको गाई र भैैँसीसँग तुलना गरेको बताएकी थिइन् ।
“हाम्रो लागि कुनै क्षेत्रीय वा जातीय समुदाय छैन । एउटै समुदाय छ– मानव समुदाय,” उनले भनेका छन्, “सामाजिक संजालमा चिरञ्जीवी भवको सुटिङ सेटमा आएको एउटा गम्भिर विषयप्रति मेरो ध्यानाकर्षण भएको छ ।”
“तपाईंले मेरो निर्देशनमा रहेको सेटमा केही प्राविधिकहरुबाट अत्यन्तै तुच्छ ब्यबाहार भयो भन्ने आरोपमा कुनै सत्यता छैन,” उनले लेखेका छन्, “मलाइ उहाँले कुनै जानकारी गराउनु भएको छैन । यदि, कुनै सदस्यबाट उहाले आरोप लगाएजस्तो ब्यबहार गरेको पुष्टि भएमा गल्ती गर्ने जो कोहिलाई पनि एक सेकन्ड अबिलम्ब नगरी कारबाही गरिनेछ ।”

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…