धनुषामा डाकाले गोली प्रहार गरी लाखौं लुटे, घरधनी गम्भीर घाइते
न्यूज ब्यूरो | जनकपुरधाम, २५ साउन । धनुषाको मिथिला नगरपालिका ८ जमुनिबासमा डाकाहरुले गोली प्रहार गरी लाखौंको लुटपाट गरेका छन् । प्रतिकार गर्न खोज्दा डाकाले चलाएको गोली लागेर घरधनी गम्भीर घाइते भएका छन् । बिहीबार राति करिब १२ बजे एकदर्जनको संख्यामा आएका डाकाको समुहले स्थानीय ३८ वर्षका पुष्पलाल श्रेष्ठ

२०७५ साउन २५ शुक्रबार, बिहान ९:०७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, २५ साउन । धनुषाको मिथिला नगरपालिका ८ जमुनिबासमा डाकाहरुले गोली प्रहार गरी लाखौंको लुटपाट गरेका छन् । प्रतिकार गर्न खोज्दा डाकाले चलाएको गोली लागेर घरधनी गम्भीर घाइते भएका छन् ।
बिहीबार राति करिब १२ बजे एकदर्जनको संख्यामा आएका डाकाको समुहले स्थानीय ३८ वर्षका पुष्पलाल श्रेष्ठको घरमा लुटपाट गर्नुको साथै उहाँमाथि गोली प्रहार गरी गम्भीर घाइते बनाएका छन् । प्रतिकार गर्न खोज्दा लुटेराले चलाएको दुई गोली श्रेष्ठको दुवै तीघ्रामा लागेको छ । गम्भीर घाइते श्रेष्ठको उपचार जनकपुर अञ्चल अस्पतालमा सम्भव नभएपछि थप उपचारको लागि काठमाडौं लगिएको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।
श्रेष्ठको घरमा ७ तोला सुन , १५ तोला चाँदी, र झण्डै २ लाख नगद लुटपाट भएको प्रहरीले जनाएको छ । लुटपाटको क्रममा श्रेष्ठका परिवारमाथि लुटेराले कुटपीट समेत गरेको वडा नं. ८ का वडाध्यक्ष देवनारायण महतोले बताउनुभयो । उहाँका अनुसार राति १२ बजे नै लुटेर घरमा प्रवेश गरेपछि प्रहरीलाई खबर भएको थियो । लुटेराको संख्या धेरै भएकाले ईलका प्रहरी कार्यालय ढल्केवर , प्रहरीचोकी लालगढ र सस्त्र प्रहरी समेत घटना स्थल पुगेको थियो । प्रहरी पुग्दा लुटेरा भागि सेकाको जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…