धनुषामा सेफ्टी ट्यांकीको सेट्रिंग खोल्नेक्रममा निस्सासिएर एकको मृत्यू, दुई घाइते
न्यूज ब्यूरो | जनकपुरधाम, २२ साउन । धनुषामा सेफ्टी निर्माणाधीन सेफ्टी ट्यांकीको सेट्रिंग खोल्ने क्रममा निस्सासिएर एकजनाको ज्यान गएको छ । अन्य दुईजना घाइते भएका छन् । धनुषाको विदेह नगरपालिका ६ तीनकौरिया बस्ने रामशोभित महतोको घरमा मंगलबार विहान सेफ्टी ट्यांकीको सेट्रिंग खोल्ने क्रममा स्थानीय राजमिस्त्

२०७५ साउन २२ मंगलबार, बेलुकी ७:२८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, २२ साउन । धनुषामा सेफ्टी निर्माणाधीन सेफ्टी ट्यांकीको सेट्रिंग खोल्ने क्रममा निस्सासिएर एकजनाको ज्यान गएको छ । अन्य दुईजना घाइते भएका छन् ।
धनुषाको विदेह नगरपालिका ६ तीनकौरिया बस्ने रामशोभित महतोको घरमा मंगलबार विहान सेफ्टी ट्यांकीको सेट्रिंग खोल्ने क्रममा स्थानीय राजमिस्त्री ३० वर्षका दिनेश चौधरीको निस्सासिएर ज्यान गएको प्रहरीले जनाएको छ ।
त्यस्तै स्थानीय शुभनारायण दास र फुलगेन दास निस्सासिएर सिकिस्त भएका छन् । प्रहरीका अनुसार शभनारायणको उपचार जनकपुर अञ्चल अस्पताल र फुलगेनको उपचार धनुषा अस्पतालमा भइरहेको छ ।
उनीहरुको अवस्था सकुशल रहेको जनाएको छ । तीनकौरिया प्रहरीचोकीका अनुसार विहान दिनेश चौधरी सेट्रिंग खोल्न भित्र पस्दा निस्सासिएर सिकिस्त भएपछि उनको उद्धारका लागि शुभनारायण र फुलगेन पालैपालो छिरेका थिए ।
तर, उनीहरु पनि निस्साएिर सिकिस्त भएपछि प्रहरी टोली पुगेर तीनैजनाको उद्धार गरी उपचारको लागि जनकपुर पठाएको थियो । जनकपुर ल्याउँदै गर्दा मिस्त्री दिनेश चौधरीको बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…