सिरहा सदरमुकामका स्थानीय वर्षाकै पानीको घेराबन्दीमा, चुइक्क बोल्दैनन् पहुँचवाला
न्यूज ब्यूरो | सिरहा, २२ साउन । वर्षाको पानी थुनिदा सिरहा सदरमुकामका स्थानीयलाई घरबाट निस्किनै मुस्किल भएको छ । सिरहा नगरपालिका वडा नम्बर १, २ र ७ जोड्ने दुई नम्बर सडकमा सयौं ठाउँमा पानी जमेपछि स्थानीयलाई कठिनाई भैरहेको छ । सदरमुकामको मुख्य सडकको विकल्पको रुपमा रहेको २ नम्बर सडकमा वर्षासँगै आगमन प्र

२०७५ साउन २२ मंगलबार, बिहान ९:२७ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो |
सिरहा, २२ साउन । वर्षाको पानी थुनिदा सिरहा सदरमुकामका स्थानीयलाई घरबाट निस्किनै मुस्किल भएको छ ।
सिरहा नगरपालिका वडा नम्बर १, २ र ७ जोड्ने दुई नम्बर सडकमा सयौं ठाउँमा पानी जमेपछि स्थानीयलाई कठिनाई भैरहेको छ । सदरमुकामको मुख्य सडकको विकल्पको रुपमा रहेको २ नम्बर सडकमा वर्षासँगै आगमन प्रभावित भैरहेको छ । दुई किलोमीटर लामो यस सडकमा सयौं ठाउँमा पानी जमेपछि दुई फिट भन्दा वढी खाल्डो बनेको छ । खाल्डैखाल्डो र पानी जमेपछि घरबाट बालबालिका, जेष्ठ नागरीक लगायतलाई सवैभन्दा वढी अप्ठ्यारो भैरहेको छ ।
जिल्ला प्रहरी कार्यालयबाट सुरु भएको दुई नम्बर सडक कन्या आधारभूत विद्यालयसम्म रहेको छ । उक्त सडकमा केही वर्ष पहिले सिरहा नगरपालिकाले ढल निर्माणका लागि लाखौं रकम खर्चिएर पनि ढल निर्माण पूरा गर्न सकेन । अहिले टुक्रा टुक्रामा बनाईएका ढल जाम भएको छ । यस्तै मुख्य सडकदेखि उत्तरबाट आउने पानी सवै दुई नम्बर सडक भएरै बग्ने गर्दा पानीको घेराबन्दीमा स्थानीय परेका छन् । २ नम्बर सडकका स्थानीय अशोक यादवले भने,‘घरबाट निस्किनै मुश्किल भएको छ । बाहिर निस्किदा हिलो र जमेको पानी भएर हिड्नुपर्छ ।’ स्थानीय बालेश्वर यादवको गुनासो पनि उस्तै छ । उनले भने, ‘पानी र हिलोमा नटेकी मुख्य सडकमा आउनै सकिदैन् । विजोग अवस्था छ ।’
गर्मी विदाका कारण बन्द भएका विद्यालयहरु खुल्न थालेको छ । बाटोमा हिलो र पानीका कारण बालबालिकालाई विद्यालय जान आउन पनि समस्या भएको छ । २ नम्बर सडक क्षेत्रमा सिरहाका पहुँचबालको घर भएपनि समस्या समाधान गर्न पहल गर्न सकेको छैन् । नेता, शिक्षक, कर्मचारी, प्राध्यापक, व्यापारीहरुको घर भएपनि कष्टपूर्ण यात्रा गर्दै आएका छन् । तर दैनिक भोग्दै आएका समस्याबारे बोल्न सकेको छैन् । वडा नम्बर १ का अध्यक्ष महेश कुमार यादव र ७ का अध्यक्ष उपेन्द्र साहको घरपनि दुई नम्बर सडकमै रहेको छ तर उनीहरुले पनि ‘पानी जमेर हिलाम्मे’ भएको सडकलाई दुरुस्त पार्न नसकेको स्थानीयले आरोप लगाएका छन् ।
जिल्लाको सदरमुकाम र नगरपालिका समेत रहेका सिरहाको दुई नम्बर सडकको वेहाल प्रति कसैको चासो देखिएको छैन् । सिरहा नगरपाकिलाले मर्मत सम्भारको नाउँमा ३ करोड खर्चिएपनि यस सडक भएर यात्रा गर्न जोकोहीलाई कठिन छ । सयौंले दैनिक पैदल हिडडुल गर्ने सडकमा खाल्डाखुल्डी र हिलाम्मे जीवननै संकटमा फसेको जस्तो लागेको स्थानीय युवा अनिल यादवले बताए । उनले भने, ‘पैदल मात्रै होइन् चारपाङे सवारी साधान पनि चल्न सकेको छैन् ।’
:पत्रकार सुरेन्द्र कामतिको सहयोगमा
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…