कमला नगरपालिकामा कर्मचारीहरुको मनमौजी, कार्यालय बस्दैनन्, सेवाग्राहीलाई सास्ती
यस सन्दर्भमा नगर प्रमुख बिशेश्वर यादवले भने कर्मचारीहरुलाई पटक पटक समयमा आउन र दिनहुँ कार्यालय आउन उर्दी गरेको बताए । उनले विभिन्न काम बिशेष बताउँदै नआउने प्रवृति बढेको स्वीकारे । उनले यसलाई यही साताभित्र निराकरण गर्ने जनाए ।

२०८३ जेठ १ शुक्रबार, बिहान १०:०७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिकामा कर्मचारीहरु समयानुसार नबस्दा सेवाग्राहीहरुलाई सास्ती भोग्नुपरेको गुनासो गरिएको छ ।
माचि झिटकैयास्थित रहेको नगरपालिकाको कार्यालयमा कर्मचारीहरु समयमा नआउने तथा समय सीमाभित्र कार्यालयमा नबस्ने प्रवृतिले सेवाग्राहीहरुलाई सास्ती भोग्नुपरेको हो ।
नगरपालिकामा विभिन्न प्रशासनिक कार्यहरु लिएर जाने सेवाग्राहीलाई सम्बन्धित फाँटका कर्मचारी नहुँदा मार्का भएको गुनासो गरिएको छ । सेवा लिन गएका एक सेवाग्राहीले ३ घण्टासम्म कर्मचारीहरुलाई प्रतिक्षा गरेपनि कार्यालय नआएको गुनासो गरे ।
कमला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रवण कुमार साह समेत छिटफुट रुपमा आउने गरेको गुनासो गरिएको छ । यसका साथै अन्य शाखाका कर्मचारीहरु समेत शाखामा नहुँदा सेवाग्राहीलाई मार्का भएको हो ।
कर्मचारीहरुलाई फोन गर्दा भोजभतेरमा गएको, काम बिशेषले बाहिर निस्केको भनेर मात्र जवाफ फर्काएपनि अन्तिम समयसम्म कार्यालय नआएपछि सेवाग्राहीको समय खेर जाने गरेको गुनासो पोखिएको छ ।
यस सन्दर्भमा नगर प्रमुख बिशेश्वर यादवले भने कर्मचारीहरुलाई पटक पटक समयमा आउन र दिनहुँ कार्यालय आउन उर्दी गरेको बताए । उनले विभिन्न काम बिशेष बताउँदै नआउने प्रवृति बढेको स्वीकारे । उनले यसलाई यही साताभित्र निराकरण गर्ने जनाए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…