कमला नगरपालिकाका पूर्व मेयर गोईत, लेखा अधिकृत महतोसहित विशेष अदालतबाट सबैले पाए सफाई
अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले लग्मा बजारस्थित पोखरीको डिलमा माटो पुर्ने, घाट निर्माण तथा सौन्दर्यीकरण योजनामा अनियमितता भएको आरोपमा तत्कालीन नगर प्रमुख गोइतसहित तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रकुमार सढान, लेखापाल सञ्जीनकुमार महतो, जिन्सी शाखा प्रमुख जुगलकिशोर यादव तथा कार्यपालिका सदस्यहरू धनेश्वर यादव, धर्मनाथ मण्डल, पल्टु कवारी, विनोद राम र समसुल मियाँ मोमिन विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

२०८३ बैशाख ३० बुधबार, राति ९:२४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको कमला नगरपालिका का तत्कालीन नगर प्रमुख राम उदगार गोइत सहित १० जना तथा एक निर्माण कम्पनीविरुद्ध दायर गरिएको भ्रष्टाचार मुद्दामा विशेष अदालत काठमाडौंले सबै अभियुक्तलाई सफाइ दिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले लग्मा बजारस्थित पोखरीको डिलमा माटो पुर्ने, घाट निर्माण तथा सौन्दर्यीकरण योजनामा अनियमितता भएको आरोपमा तत्कालीन नगर प्रमुख गोइतसहित तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रकुमार सढान, लेखापाल सञ्जीनकुमार महतो, जिन्सी शाखा प्रमुख जुगलकिशोर यादव तथा कार्यपालिका सदस्यहरू धनेश्वर यादव, धर्मनाथ मण्डल, पल्टु कवारी, विनोद राम र समसुल मियाँ मोमिन विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
यसैगरी इन्फ्रास्ट्रक्चर एस एन्ड बी बिल्डर्स प्रालि तथा कम्पनीका अध्यक्ष सन्तोषकुमार यादव विरुद्ध पनि भ्रष्टाचार मुद्दा चलाइएको थियो।
आयोगले ७५ लाख रुपैयाँ अनुमानित लागतको योजनामा न्यूनतम बोलकबोल गर्ने कम्पनीलाई ठेक्का नदिई बढी रकम कबोल गर्ने कम्पनीलाई मिलेमतोमा ठेक्का दिइएको भन्दै २९ लाख ४४ हजार १३७ रुपैयाँ हिनामिना भएको आरोप लगाएको थियो।
तर, उक्त आरोप पुष्टि हुन नसकेको ठहर गर्दै विशेष अदालत काठमाडौंले आज सबै अभियुक्तलाई सफाइ दिएको हो। अदालतको फैसलासँगै तत्कालीन नगर प्रमुख गोइतसहित सबै प्रतिवादीले मुद्दा जितेका छन्।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…