महिनाथपुर छोटी भन्सार पुनः सञ्चालन गर्न प्रधानमन्त्रीसँग पूर्वमन्त्री अरगरियाको आग्रह

२०८३ बैशाख ३० बुधबार
बिहान ०९:०६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत पर्ने विदेह नगरपालिका–१ महिनाथपुरस्थित छोटी भन्सार पुनः सञ्चालन गर्न पूर्वमन्त्री तथा नेकपा ९एमाले० का केन्द्रीय सदस्य उमाशंकर अरगरियाले सरकारसँग आग्रह गरेका छन्।

प्रधानमन्त्री तथा सम्बन्धित मन्त्रीहरूलाई सम्बोधन गर्दै अरगरियाले पञ्चायतकालदेखि सञ्चालनमा रहेको महिनाथपुर नाकाको नाम हाल राजपत्रमा समावेश नभएका कारण स्थानीयवासी समस्यामा परेको बताएका छन्।

उनका अनुसार विवाह, पारिवारिक भेटघाट तथा दैनिक आवतजावतका लागि स्थानीय नागरिकले अहिले २९ किलोमिटर टाढाको जटही नाका प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ।

नेपाल–भारतबीच रहेको रोटीबेटी सम्बन्धलाई सहज र सुदृढ बनाउन महिनाथपुर छोटी भन्सार पुनः कायम गरी छुट पुर्जीको व्यवस्था मिलाउन उनले सरकारसँग अनुरोध गरेका छन्।

धनुषामा यसअघि महिनाथपुरमा छोटी भन्सार कायम रहेको थियो । पूर्वी धनुषाको जनकनन्दिनी १ इनरबामा छोटी भन्सार राख्दा बीचका सर्वसाधारणलाई समस्या भएको बताईएको छ । ईनरवा नाकामा सडक समेत नभएकोले छोटी भन्सारको औचित्य नरहेको बताईएको छ । 

महिनाथपुरमा छोटी भन्सार कायम गरे जनकपुरभन्दा पूर्वका सर्वसाधारणलाई पायक पर्ने भनिएको छ । 

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सिरहा जेलमा नाईके यादवको करामतः जेलभित्रै कैदीलाई दाउरा र पाइपले मर्नेगरी कुटेपछि...

  • २०८३ बैशाख ३० बुधबार

न्यूज ब्यूरो, सिरहा । जिल्ला कारागार सिराहामा ‘नाइके’ को विषयमा निरन्तर झडप र कुटपिट हुँदै आइरहेको घटना बाहिरिएको छ । कारागारमा रहेको कामचलाउ नाइके ईन्द्रजीत यादवको समूहको निर्देशनमा सिरहा जेलभित्रै

पूरा पढ्नुहोस्

Bureau Menus