शहिदनगर नगरपालिकाकी उपमेयर सिँहलाई 'ट्वाईलेट' नभएपछि दुःख
विकास निर्माणको सन्दर्भमा समेत आफ्नो वक्तत्व राखेकी उपमेयर सिँहले कार्यकक्षमा अट्याच्ड शौँचालयको कुरा उठाएपछि कैयौँले हाँसेका थिए । यद्यपी उनले आफू महिला भएकोले अधिक गोपनियता तथा सहजताको लागि यस्तो माग गरिन् ।

२०८३ बैशाख २३ बुधबार, बेलुकी ६:३८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा शहिदनगरकी उपमेयर सुनिता सिँहलाई कार्यकक्षमा अटैच ट्वाईलेट (शौँचालय) नभएको भन्दै दुःख प्रकट गरेकी छन् ।
बुधबार शहिदनगर नगरपालिकाको १४औ हिँउदे अधिवेशनको क्रममा आफ्नो वक्तत्व राख्दै उपमेयर सिँहले कार्यकक्षमा अट्याच्ड ट्वाईलेट नभएको भन्दै दुःख प्रकट गरेकी हुन । उनले सोही कुराको लागि पनि असन्तुष्टि पोखिन् ।
विकास निर्माणको सन्दर्भमा समेत आफ्नो वक्तत्व राखेकी उपमेयर सिँहले कार्यकक्षमा अट्याच्ड शौँचालयको कुरा उठाएपछि कैयौँले हाँसेका थिए । यद्यपी उनले आफू महिला भएकोले अधिक गोपनियता तथा सहजताको लागि यस्तो माग गरिन् ।
उनले महिला भएके कारण आफूमाथि विभेद भएको समेत सुनाउन भ्याइन् । उपमेयर सिँहले सोही कार्यालयमा नगर प्रमुखको कार्यकक्षमा अट्याच्ड बाथरुम भएपनि आफ्नो कार्यकक्षमा नभएको भनेर दुखेसो पोखिन् ।
शहिदनगर नगरपालिकाको नव निर्मित प्रशासकीय भवनमा आज भएको हिँउदे अधिवेशनमा उनले कार्यकक्षको सुविधा माग गरिन् । प्रशासकीय भवन बन्नेदेखि उदघाटनसम्म उपमेयरको सहभागीता रहेको थियो ।
उनले भनिन्,’नगरपालिकाको नयाँ भवनमा सबै पुरुष कर्मचारी र नगर प्रमुखको कार्यकक्षमा “अट्याच्ड बाथरुम टॉयलेट” छ । तर, म बस्ने कोठामा न “टॉयलेट” छ, न टेबुल छ । महिला भएकै कारण मलाई विभेद गरिएको छ ।’
‘जो कोही आउनेले टेबुल कहाँ छ भनेर सोध्ने गर्छन् । मैले अहिले फर्निचरमा बनिरहेको जवाफ दिने गर्छु’,उनले भनिन्, ‘मेरो कोठामा टेबुल कुर्सी नभए केही फरक पर्दैन । म महिला छु,भुइँमै बसेर काम गर्न सक्छु । बरु कुनै कोठामा अपुग छ भने मेरो कोठामा भएको टेबुल लग्दा हुन्छ ।’
केही दिन अगाडी मात्र तामझामका साथ साइत हेरेरै नगरपालिका कार्यालय ४ दिनसम्म बन्द गरेर प्रशासकीय भवनको उदघाटन गरिएको थियो । नयाँ भवनमा उनले आफ्नो कार्यकक्षमा समेत शौँचालय थप्नुपर्ने धारणा राखेकी हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…