न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय तदर्थ समितिले धनुषा जिल्ला शाखासँग वैधानिक दायित्व पूरा नगरेको विषयमा स्पष्टीकरण माग गरेको छ। सोसाइटीको विधान २०२० (अठारौं संशोधन २०८२ सहित) अनुसार सञ्चालन गरिएको सदस्यता विस्तार अभियानका क्रममा जिल्ला शाखाबाट आवश्यक प्रक्रिया पूरा नभएको पाइएपछि केन्द्रीय समितिले यस्तो कदम चालेको हो।
केन्द्रीय समितिका अनुसार २०८२ फागुन २५ गतेदेखि चैत २४ गतेसम्म एक महिनाको लागि सदस्यता विस्तार अभियान सञ्चालन गरिएको थियो। उक्त अभियान सम्बन्धी सूचना आन्तरिक प्रशासनिक सञ्जाल, रेडियो तथा राष्ट्रिय पत्रिकामार्फत सार्वजनिक गरिएको थियो। साथै, फागुन २६ गते जारी गरिएको आधिकारिक पत्रमार्फत सबै जिल्ला शाखाहरूमा अभियान लागू गरिएको जानकारी गराइएको थियो।
तर, धनुषा जिल्ला शाखाले सदस्यता वितरण, सदस्यहरूको विवरण अभिलेखीकरण गरी केन्द्रीय कार्यालयमा पठाउने तथा सदस्यता शुल्क बैंक दाखिला गर्ने जस्ता अनिवार्य वैधानिक दायित्वहरू पूरा नगरेको केन्द्रीय समितिको आरोप छ। यस सम्बन्धमा सहजीकरणका लागि केन्द्रीय कार्यालयबाट कर्मचारी खटाइएको र विभिन्न समयमा टेलिफोनमार्फत अनुरोध गरिएको भए पनि अपेक्षित सहयोग प्राप्त नभएको जनाइएको छ।

२०८२ चैत १५ गते बसेको केन्द्रीय तदर्थ समितिको बैठकले उक्त विषयलाई गम्भीरतापूर्वक लिँदै धनुषा जिल्ला शाखासँग तीन दिनभित्र स्पष्ट कारणसहित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो। समितिले तोकिएको समयसीमाभित्र चित्तबुझ्दो जवाफ प्राप्त नभएमा विधानअनुसार थप कारबाही प्रक्रिया अघि बढाइने संकेत पनि दिएको छ।
यस विषयमा प्रदेश कार्यालय पर्सालाई समेत जानकारी गराइएको छ।
वीरगँजमा घर भत्काएको पीडा सहन नसकेर एक व्यवसायीको मृत्यू
- २०८३ बैशाख १३ आइतबार
न्यूज ब्यूरो, वीरगँज । वीरगञ्जमा सडक विस्तारका नाममा गरिएको आकस्मिक तोडफोडले एक व्यवसायीको ज्यान गएको छ । घण्टाघरस्थित मेनरोडमा डेरा भाडामा बस्दै आएका व्यवसायी मुरारीलाल बजाज सडक विस्तारले घरबारविहीन बनेको सहन
पूरा पढ्नुहोस्



