रौतहटमा 'बोका चोर' लाई प्रहरीले गरे पक्राउ, बोका बरामद
बोकालाई बोका धनीलाई बुझाईएको र पुक्राउ परेका ठाकुरलाई रौतहट जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

२०८३ बैशाख ५ शनिबार, बेलुकी ७:५९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । रौतहटमा अरुको बोका चोरी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर वडा नं. ५ बस्ने शिवम माझीको घरबाट चोुरी भएको बोका सहित चोुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पुक्राउ पर्नेमा रौतहटको देवाही गोनाही नगरपालिका वडा नम्बर वडा नं. ६ उचिडीह बस्ने अन्दाजी २७ वर्षीय विक्रम ठाकुर रहेको प्रहरीले जनाएको छ।
बोकालाई बोका धनीलाई बुझाईएको र पुक्राउ परेका ठाकुरलाई रौतहट जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…