Close This

बालेन सरकारसँग जानकी नवमी र जनक जयन्तीमा सार्वजनिक बिदा माग

२०८२ चैत २६ बिहीबार
बेलुकी ५:५८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जानकी स्वयंसेवक संघ ले जानकी नवमी तथा जनक जयन्तीका अवसरमा सार्वजनिक बिदा घोषणा गर्न सरकारसँग माग गरेको छ।

संघले जिल्ला प्रशासन कार्यालय धनुषामार्फत प्रमुख जिल्ला अधिकारीलाई बुझाएको ज्ञापनपत्रमा माता सीता र राजा जनक को धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वलाई मध्यनजर गर्दै बिदा घोषणा गर्नुपर्ने उल्लेख गरेको हो।

ज्ञापनपत्रमा सीता नारी मर्यादा, त्याग र धैर्यको प्रतीक रहेको तथा जनक आदर्श शासक र दार्शनिक राजाका रूपमा स्थापित रहेको जनाइएको छ। उनीहरूको योगदानले नेपालको सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउन सहयोग पुगेको संघको दाबी छ।

संघका अनुसार अन्य राष्ट्रिय विभूतिहरूका जन्मजयन्तीमा सार्वजनिक बिदा दिने प्रचलन रहे पनि सीता र जनकसँग सम्बन्धित पर्वमा त्यस्तो व्यवस्था नहुनु असमान व्यवहार भएको उल्लेख गरिएको छ।

संघले प्रत्येक वर्ष बैशाख शुक्ल नवमीका दिन मनाइने जानकी नवमी तथा जनक जयन्तीमा सार्वजनिक बिदा घोषणा गर्न सरकारसँग माग गरेको छ। साथै, सांस्कृतिक पहिचान संरक्षणका लागि आवश्यक नीति तथा कार्यक्रम ल्याउन पनि आग्रह गरिएको छ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

भारतमा गाईलाई ‘राष्ट्रमाता’ घोषणा गर्न आह्वान, आज देशव्यापी प्रदर्शन

  • २०८२ चैत २६ बिहीबार

नयाँ दिल्ली | भारतमा गाईलाई ‘राष्ट्रमाता’ घोषणा गर्नुपर्ने माग पुनः चर्किएको छ । विभिन्न धार्मिक अगुवा, साधु–सन्त तथा गोरक्षा अभियानसँग आबद्ध समूहहरूले देशव्यापी रूपमा दबाबमूलक कार्यक्रम सुरु गरेका छन् । हालै

पूरा पढ्नुहोस्

Bureau Menus