अब धनुषामा पनि अनलाइनबाटै जग्गाको नक्सा, यस्तो अनलाईन विधि
निवेदन पेश भएपछि सम्बन्धित नापी कार्यालयले विवरण प्रमाणीकरण गर्छ। त्यसपछि तिर्नुपर्ने राजश्वबारे सेवाग्राहीलाई एसएमएसमार्फत जानकारी दिइन्छ। राजश्व अनलाइन वा बैंकमार्फत भुक्तानी गर्न सकिन्छ।

२०८२ चैत २१ शनिबार, बिहान १०:२८ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । नापी विभाग ले “मेरो कित्ता” प्रणालीमार्फत जग्गासम्बन्धी सेवा पूर्ण रूपमा अनलाइनमार्फत उपलब्ध गराउन थालेको केही महिनापछि नापी कार्यालय धनुषाले समेत अनलाईन प्रविधि लागु गरेको छ । यससँगै अब सेवाग्राहीले घरमै बसेर आफ्नो जग्गाको नक्सा प्रिन्ट गर्न सक्ने भएका छन्।
नापी कार्यालयका अनुसार “मेरो कित्ता” डिजिटल प्रणालीमार्फत नक्सा प्रिन्ट, फिल्डबुक तथा प्लट रजिस्टर जस्ता सेवा लिन सकिन्छ। यसले सेवाग्राहीलाई नापी कार्यालयमा धाउनुपर्ने बाध्यता हटाउँदै सेवा प्रक्रियालाई सहज, छिटो र पारदर्शी बनाउने अपेक्षा गरिएको छ।
अनलाइनबाट नक्सा प्रिन्ट गर्न सेवाग्राहीले आफ्नो नागरिकता, जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) तथा सम्बन्धित कित्ता नम्बर, वडा नम्बर र नक्सा नम्बर जस्ता विवरण पेश गर्नुपर्ने हुन्छ। निवेदन दर्ता गर्दा मोबाइल नम्बरमार्फत इत्ए प्रमाणीकरण गर्नुपर्ने व्यवस्था गरिएको छ।
निवेदन पेश भएपछि सम्बन्धित नापी कार्यालयले विवरण प्रमाणीकरण गर्छ। त्यसपछि तिर्नुपर्ने राजश्वबारे सेवाग्राहीलाई एसएमएसमार्फत जानकारी दिइन्छ। राजश्व अनलाइन वा बैंकमार्फत भुक्तानी गर्न सकिन्छ।
भुक्तानी पुष्टि भएपछि नापी कार्यालयले डिजिटल नक्सा ९एम्ँ० उपलब्ध गराउँछ। सेवाग्राहीले इत्ए प्रयोग गरी उक्त नक्सा डाउनलोड गर्न सक्छन्, जुन लिंक ७ दिनसम्म मात्र मान्य रहने विभागले जनाएको छ।
सरकारले जग्गा प्रशासनलाई डिजिटल माध्यममा रूपान्तरण गर्ने उद्देश्यले सुरु गरेको यो प्रणालीले सेवा प्रवाहलाई प्रभावकारी बनाउने विश्वास लिइएको छ। साथै, यसले सेवाग्राहीको समय र खर्च दुवै बचत गर्ने अपेक्षा गरिएको छ।
साधारण तरिकाले बुझ्ने विधिः

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…