मोबाईलमा SEE को प्रश्नपत्र आउट गर्ने एक युवक पक्राउ, केन्द्राध्यामाथि नै अनुसन्धान सुरु
यो वर्षदेखि एसईईको परीक्षा केन्द्रमा केन्द्राध्यक्षबाहेक कसैलाई पनि मोबाइल फोन बोक्न दिइएको छैन् । परीक्षार्थीका अभिभावक तथा शुभेच्छुकलाई परीक्षा केन्द्रको २०० मिटर वरपर बस्न नदिने व्यवस्थासमेत मिलाइएको शिक्षा विकास तथा समन्वय एकाइ मलंगवाले जनाएको छ ।

२०८२ चैत २० शुक्रबार, बिहान ९:०९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । सर्लाहीको कविलासी नगरपालिका–२, पिपरियास्थित बाल गोविन्द जनता माध्यमिक विद्यालय परीक्षा केन्द्रमा मोबाइलमा प्रश्न राखेको आरोपमा एकजना पक्राउ परेको छ ।
बिहीबार एसईई सञ्चालनभइरहँदा केन्द्र बाहिर रहेका पक्राउ परेका व्यक्तिको मोबाइलमा प्रश्नपत्र भेटिएको सर्लाही प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा कविलासी नगरपालिका–५, पचगछिया बस्ने मनोज यादव रहेको सर्लाही प्रहरीले जनाएको छ ।
परीक्षा केन्द्र बाहिर बसिरहेका उनको मोबाइलमा एसईई अन्तर्गत बिहीबार सञ्चालन भइरहेको अनिवार्य अंग्रेजी विषयको प्रश्नपत्र रहेको सुनिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।
सर्लाहीको प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले यादवको साथमा रहेको मोबाइलबाट प्रश्नपत्र फेला परेपछि नियन्त्रणमा लिएर कारबाही अघि बढाइएको जानकारी दिएका छन् ।
परीक्षा सञ्चालन भइरहँदा यादवले प्रश्नपत्र कहाँबाट पाए भन्ने विषयमा अनुसन्धान भइरहेको सिडिओ कडरियाले बताए । प्रहरीका अनुसार पक्राउ परेका यादवकै परिवारका एक सदस्यले एसईई दिइरहेको पाइएको छ ।
यो वर्षदेखि एसईईको परीक्षा केन्द्रमा केन्द्राध्यक्षबाहेक कसैलाई पनि मोबाइल फोन बोक्न दिइएको छैन् । परीक्षार्थीका अभिभावक तथा शुभेच्छुकलाई परीक्षा केन्द्रको २०० मिटर वरपर बस्न नदिने व्यवस्थासमेत मिलाइएको शिक्षा विकास तथा समन्वय एकाइ मलंगवाले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…