सर्लाहीमा एकै पटक दुई दिदीबहिनी रुखमा झुण्डिएको अवस्थामा फेला, गाउँ शोकमग्न !

२०८२ चैत १९ बिहीबार
बिहान ०९:५९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सर्लाही । मधेश प्रदेशको सर्लाहीस्थित दुई दिदीबहिनी एउटै रुखमा झुण्डिएको अवस्थामा फेला परेकी छन् । सर्लाहीको गोडैता नगरपालिका–५, रामवनस्थित आँपको रुखमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । 

सर्लाही रामनगर वडा नं. ६, सिसौटका विनोद दासकी करिब १५ वर्षीया छोरी सङिता कुमारी र उनका दाजु इन्द्रजित दासकी करिब १७ वर्षीया छोरी नगिना कुमारी दास एकै ठाउँमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । 

प्रहरीका प्रवक्ता तथा डिएसपी सरोज राईका अनुसार दुवै किशोरी आँपको रुखमा झुन्डिएको अवस्थामा फेला परेका हुन् । स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 89%
  • 5%

चारै शहिदलाई पूर्व न्यायधिश डा.सल्लाहुदिन सिद्धिकीले भने उपद्रवी, शहिद घोषणाले शहिदको अपमान भएको दाबी

  • २०८२ चैत १९ बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम । उच्च अदालतका पूर्व न्यायधीश डा. सलाहुद्दिन अख्तर सिद्दिकीले सरकार शहिद घोषणा गरेका चारै जनालाई उपद्रवीको सँज्ञा दिएका छन् ।  उनले आफ्नो अधिकारिक फेसबुक पेजमा हिन्दु मुस्लिम विवादको

पूरा पढ्नुहोस्

Bureau Menus