नेपाली काँग्रेसको जिल्ला नेताको घरमा बम विस्फोट
कपिलवस्तु, १९ मंसिर : बाणगंगा नगरपालिकाको कोपवामा नेपाली काँग्रेसका जिल्ला नेताको घरमा बम विस्फोट गराइएको छ । नेपाली काँग्रेसका महाअधिवेशन प्रतिनिधि तथा जिल्ला नेता दुनिकाप्रसाद भुसालको घरमा अपरिचित व्यक्तिले गए राति पेट्रोल बम विस्फोट गराएका छन् । पेट्रोल बमका कारण घरमा पार्किङ गरिएको गाडीमा क्षति

२०७४ मंसिर २० बुधबार, राति १२:१३ बजे१ मिनेट पढाइ

कपिलवस्तु, १९ मंसिर : बाणगंगा नगरपालिकाको कोपवामा नेपाली काँग्रेसका जिल्ला नेताको घरमा बम विस्फोट गराइएको छ ।
नेपाली काँग्रेसका महाअधिवेशन प्रतिनिधि तथा जिल्ला नेता दुनिकाप्रसाद भुसालको घरमा अपरिचित व्यक्तिले गए राति पेट्रोल बम विस्फोट गराएका छन् ।
पेट्रोल बमका कारण घरमा पार्किङ गरिएको गाडीमा क्षति पुगेको छ ।
त्यसैगरी आज बिहान पुनः दोस्रोपटक नेता भुसालको घरमा सकेट बम फेला परेको छ । बिहान करिब ५ बजे घरसँगै सकेट बम देखेपछि तुरुन्त प्रहरीलाई खबर गरेको नेता भुसालका भाइ लक्ष्मण भुसालले बताउनुभयो । सो सकेट बम नेपाली सेनाको टोलीले निस्क्रिय गरेको थियो ।
निर्वाचनको मिति नजिकै आउँदा जिल्लामा विस्फोटका घटना बढ्न थालेका छन् । तर स्थानीय प्रशासनले भने सानातिना विस्फोटले निर्वाचनको कार्यलाई खासै असर नपु¥याउने जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…