जनकपुरः पिकअपले ठक्कर दिँदा एकजनाको मृत्यू, अर्काको खुट्टा भाँचेर निक्से हड्डी
त्यसैगरी, दुर्घटनामा परेर जनकपुरधाम उपमहानगरपालिका–४ निवासी ५० वर्षीय विनोद सिंह घाइते भएका छन्। उनको न्युरो अस्पतालमा उपचार भइरहेको छ। उनको खुटट भाँचिएर हड्डी बाहिर निस्केको प्रत्यक्षदर्शीहरुले जनाएको छ ।

२०८२ चैत ११ बुधबार, बेलुकी ६:०४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी क्षेत्रमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यू भएको छ भने अर्का गम्भिर घाईते भएका छन् ।
धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नं.६ मालटोलस्थित सवारी दुर्घटना भएको हो । पूर्वपश्चिम लोकमार्गमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
बुधबार ढल्केबरबाट पूर्वतर्फ जाँदै गरेको मधेश प्रदेश ०२–००८ प १९८९ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट गइरहेको मधेश प्रदेश ०२–००१ च १६७८ नम्बरको महेन्द्रा पिकअपले पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय ढल्केबरकाका अनुसार धनुषाधाम नगरपालिका–६ निवासी ५५ वर्षीय समिम खानको मृत्यु भएको हो। उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।
त्यसैगरी, दुर्घटनामा परेर जनकपुरधाम उपमहानगरपालिका–४ निवासी ५० वर्षीय विनोद सिंह घाइते भएका छन्। उनको न्युरो अस्पतालमा उपचार भइरहेको छ। उनको खुटट भाँचिएर हड्डी बाहिर निस्केको प्रत्यक्षदर्शीहरुले जनाएको छ ।
दुर्घटनामा संलग्न पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएर ढल्केवर प्रहरी चौकीमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…