रेडियोको वार्षिकोत्सवमा सँचारकर्मीहरुलाई सम्मान
विज्ञापन क्षेत्रतर्फ उत्कृष्ट विज्ञापनदाता पुरस्कार धनुषाधाम–७ स्थित सनराइज इङ्लिस बोर्डिङ स्कूलका सञ्चालक रामकुमार कार्कीलाई प्रदान गरिएको छ। त्यस्तै उत्कृष्ट श्रोता सम्मान सिरहाका भोला दनुवारलाई प्रदान गरिएको छ।

२०८२ चैत ७ शनिबार, बिहान ८:३१ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनुषाधामस्थित सँचालनमा रहेको रेडियो धनुष ९९.७ मेगाहर्जको छैटौं वार्षिकोत्सवमा सँचारकर्मीहरु सम्मानित भएका छन्।
देवभूमि धनुषाधाम नगरपालिका–३ स्थित हनुमान मन्दिरको सभहलमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
रेडियो सँचालक मुकेश कुमार ठाकुरको अध्यक्षतामा सम्पन्न वार्षिकोत्सव समारोहमा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य एवं पुर्व मन्त्री मातृकाप्रसाद यादव प्रमुख अतिथिका रूपमा उपस्थित भएका थिए । त्यसैगरी सबैला नगरपालिकाका मेयर कारीराम यादव तथा मिडिया काउन्सिल मधेस प्रदेशका कार्यवाहक अध्यक्ष सुरेश यादव विशिष्ट अतिथिका रूपमा उपस्थिति जनाए ।
कार्यक्रममा राप्रपा नेतृ प्रेक्षा मल्ल लगायत विभिन्न राजनीतिक, सामाजिक तथा सञ्चार क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। त्यस्तै धनुषाधाम नगरपालिका वडा नं. ३ का अध्यक्ष जयनारायण यादवस वडा न.१ का सुनिल कापरहित विभिन्न वडाध्यक्ष, पत्रकार, सुरक्षाकर्मी तथा स्थानीय अगुवाहरूको उल्लेखनीय सहभागिता देखिएको थियो। कार्यक्रमको सञ्चालन शिक्षक सञ्जीव सिंहले गरेका थिए ।
वार्षिकोत्सवका अवसरमा रेडियो धनुषले मधेस प्रदेशका विभिन्न जिल्लाबाट चार जना पत्रकारलाई सम्मान पत्र तथा नगद पुरस्कार प्रदान गरेको छ। महिला पत्रकारिता पुरस्कार माधुरी महतो (पर्सा) लाई प्रदान गरिएको छ भने दलित पत्रकारिता पुरस्कार मनिलाल बिक (सिरहा) लाई प्रदान गरिएको छ। त्यसैगरी अपांग पत्रकारिता पुरस्कार मनिष साह मैथिल (धनुषा) लाई र ग्रामीण पत्रकारिता पुरस्कार विजय साहलाई प्रदान गरिएको छ।
त्यसैगरी संस्थाभित्रका उत्कृष्ट योगदानकर्ताहरूलाई पनि सम्मान गरिएको छ। उत्कृष्ट कार्यक्रम प्रस्तोताका रूपमा शिवम ईश्वर, उत्कृष्ट रिपोर्टर नागेन्द्र महरा तथा उत्कृष्ट समाचारदाताका रूपमा रामनारायण ठाकुर सम्मानित भए ।
विज्ञापन क्षेत्रतर्फ उत्कृष्ट विज्ञापनदाता पुरस्कार धनुषाधाम–७ स्थित सनराइज इङ्लिस बोर्डिङ स्कूलका सञ्चालक रामकुमार कार्कीलाई प्रदान गरिएको छ। त्यस्तै उत्कृष्ट श्रोता सम्मान सिरहाका भोला दनुवारलाई प्रदान गरिएको छ।
कार्यक्रममा रेडियो धनुषका कमल नयन भट्टराई ,प्रमोद शर्मा ,पप्पु साह,श्रीकेश यादव,आरती ठाकुर ,लभ कुमार ,नितेष साहसहित सहभागी अतिथिहरूलाई रेडियो धनुषकी कार्यक्रम प्रस्तोता कञ्चन कुमारी ठाकुरले मायाको चिनो प्रदान गरेका थिए ।
कार्यक्रमका वक्ताहरूले रेडियो धनुषले ग्रामीण भेगमा सूचनाको पहुँच विस्तार गर्न तथा स्थानीय आवाजलाई राष्ट्रिय स्तरसम्म पुर्याउन खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी ढंगले अघि बढ्न शुभकामना व्यक्त गरेका थिए।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…