अब जनकपुरमा बिहानदेखि बेलुकासम्म ट्रक, ट्रिपर जस्ता भारी सवारी निषेध
ट्राफिक प्रहरीका अनुसार नगर क्षेत्रभित्र बढ्दो सवारी चाप, दुर्घटनाको जोखिम तथा सर्वसाधारणको सुरक्षालाई ध्यानमा राख्दै यस्तो व्यवस्था लागू गरिएको हो। सम्बन्धित निकायहरूले नियमको पालना गर्न सम्पूर्ण सवारी चालक तथा व्यवसायीलाई आग्रह गरेका छन्।

२०८२ चैत १ आइतबार, राति ८:०४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । सडक सुरक्षा सुदृढीकरण, सवारी दुर्घटना न्युनिकरण तथा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन ट्राफिक प्रहरी धनुषाले भारी सवारी दिवा प्रवेश निषेध गरेको छ ।
जनकपुरधामभित्र बिहानदेखि बेलुकासम्म ट्रक, ट्रिपसर जस्ता भारी सवारी साधन निषेध गर्दै ट्राफिक प्रहरीले जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा ठूला सवारी साधन प्रवेश निषेधसम्बन्धी ट्राफिक जनचेतनामूलक होडिङ्ग बोर्ड जडान गरिएको छ।
आईतबार जिल्ला ट्राफिक प्रहरी कार्यालय जिरोमाइल, धनुषाको पहलमा जनकपुरधाम उपमहानगरपालिका, जिल्ला प्रहरी कार्यालय धनुषा तथा जिल्ला प्रशासन कार्यालय धनुषाको समन्वयमा विभिन्न स्थानमा उक्त होडिङ्ग बोर्डहरू राखिएको हो।
जिल्ला प्रशासन कार्यालय धनुषाको निर्णयअनुसार बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म नगरभित्र ठूला सवारी साधन (ट्रक तथा टिफर) प्रवेशमा निषेध गरिएको छ। विशेषगरी पिराडी चोकदेखि मिल्स एरिया हुँदै भानुचोकसम्मको भित्री सडक क्षेत्रमा हाइवे बाहेक अन्य भित्री मार्गहरूमा ठूला सवारी साधन सञ्चालन गर्न रोक लगाइएको छ।
ट्राफिक प्रहरीका अनुसार नगर क्षेत्रभित्र बढ्दो सवारी चाप, दुर्घटनाको जोखिम तथा सर्वसाधारणको सुरक्षालाई ध्यानमा राख्दै यस्तो व्यवस्था लागू गरिएको हो। सम्बन्धित निकायहरूले नियमको पालना गर्न सम्पूर्ण सवारी चालक तथा व्यवसायीलाई आग्रह गरेका छन्।
यस कदमले नगरभित्रको ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउन तथा दुर्घटना न्युनिकरणमा महत्वपूर्ण सहयोग पुग्ने ट्राफिक प्रहरी प्रमुख सूर्य बहादुर शाहीले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…