जनकपुरः बिहेको मटकोरमा नाच्दै गर्दा युवकको किचिएर मृत्यू, खुसी शोकमा परिणत
मटकोर भइरहेको बेला सडकमा डिजे बजाएर नाच्दै गरेका राउतले नाच्दा नाच्दै लडेका थिए । सोही बाटो भएर जाँदै गरेको ट्रयाक्टर अचानक आएपछि उनलाई किचेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

२०८२ फागुन २६ मंगलबार, दिउँसो १२:०० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । बिहेको मटकोरमा नाच्दै गरेका एक युवकको ट्रयाक्टरमा किचिएर ज्यान गएको छ । धनुषाको मिथिला नगरपालिका वडा नं. २ नक्टाझिझस्थित सो घटना भएको हो ।
गएराती नक्टाझिझको सुग्जोर पुलस्थित बिहेको मटकोरमा डान्स गरिरहेका धनुषा मिथिलाबिहारी नगरपालिका वडा नं. ६ तारापट्टि सिरसिरया बस्ने बर्ष १९ का मनिष राउतको ज्यान गएको हो ।
मटकोर भइरहेको बेला सडकमा डिजे बजाएर नाच्दै गरेका राउतले नाच्दा नाच्दै लडेका थिए । सोही बाटो भएर जाँदै गरेको ट्रयाक्टर अचानक आएपछि उनलाई किचेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।
डिजेमा नाचगान गर्दै गर्दा राउत लडेको प्रत्यदर्शीहरुले बताएका थिए । यता ट्याक्टर र चालक प्रहरीको नियन्त्रणमा रहेको छ भने घटनाको अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…