भोकै पेट दिनभरि काम गर्ने मुस्लिम कर्मचारीहरुका लागि अस्पतालमै न्यूरोको ईफ्तार पार्टी
उनले पाक ए रमजान महिना चलिरहेको र यहाँ काम गर्ने सो समुदायका कर्मचारीहरुले दिनभरि भोकै बसी साँझ ६ः०० बजे मात्र रोजा तोडने परम्परालाई आत्मसात गर्दै उनीहरुको मनोबल बढाउन पनि १९औँ ईफ्तार अस्पतालमै आयोजन गरिदिएको बताए ।

२०८२ फागुन २४ आइतबार, राति ८:५९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामस्थित रहेको जनकपुर न्यूरो हस्पिटलले दिनभरि भोकै पेट काम गर्ने कर्मचारीहरुलाई मध्यनजर गरी आज ईफ्तार पार्टी आयोजन गरी सम्मान दिएको छ ।
न्यूरो हस्पिटलमा काम गर्ने केही कर्मचारीहरु मुस्लिम समुदायको रहेको र उनीहरुको पाक ए रमजान महिना चलिरहेको भन्दै न्यूरोका सँचालक समेत रहेका डा. बिजय कुमार राउतले ती कर्मचारीहरुलाई मध्यनजर गरी सबै कर्मचारीको लागि ईफ्तार पार्टी आयोजन गरेको बताए ।
उनले पाक ए रमजान महिना चलिरहेको र यहाँ काम गर्ने सो समुदायका कर्मचारीहरुले दिनभरि भोकै बसी साँझ ६ः०० बजे मात्र रोजा तोडने परम्परालाई आत्मसात गर्दै उनीहरुको मनोबल बढाउन पनि १९औँ ईफ्तार अस्पतालमै आयोजन गरिदिएको बताए ।

डा. राउतले कर्मचारीहरु यहाँबाट दिनभरि खटेर घर गई ईफ्तार गर्दै आएकोमा एक दिन भएपनि अस्पतालमै ईफ्तार राखेर अन्य कर्मचारीहरुलाई समेत इफ्तार पार्टी गराएको बताए ।
अस्पतालमै ईफ्तार पार्टी दिएपछि कर्मचारीहरुले डा. राउतसहित अस्पताल प्रशासनप्रति कृज्ञता प्रकट गरे । उनीहरुले अस्पतालमा परिवारझैँ व्यवहार भएको प्रतिक्रिया दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…