फेसबुकमा एक लाख बढी फ्लोवर्स बनाएका जयनाथ अधिकारीको जमानत जफत
समाजिक सँजालमा चर्चा बटुलेका जयनाथ अधिकारी विगत एक बर्षदेखि जनकपुरधामस्थित धनुष पोखरी सफाई अभियान चलाए । पो्खरी सफाई गरेर समाजिक सँजालमा फ्लोवर्स बढेपछि उनले प्रतिनीधिसभाको चुनाव लडने निधो गरे पश्चात चुनाव लडेका थिए । अन्ततः उनको जमानत समेत जफत भएको छ ।

२०८२ फागुन २४ आइतबार, बेलुकी ७:४३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । भन्छन्,-'समाजिक सँजालको मतदाता र मतपेटिकामा मत हाल्ने मतदातामा आकाश पातालको फरक हुन्छ ।' यस्तै भएको धनुषा निर्वाचन क्षेत्र नं. २ का एक उम्मेदवार जयनाथ अधिकारीलाई ।
समाजिक सँजालमा एक लाख बढी फ्लोवर्स बनाएका जयनाथ अधिकारीले आसन्न प्रतिनीधिसभाको चुनावमा उनले केवल १०८१ मत प्राप्त गरेका छन् । कुल सदर मतको कम्तीमा १० प्रतिशत मत नल्याए निर्वाचन आयोगजे जमानत जफत गर्ने गरेको छ । अधिकारीलाई जमानत जफत भएको छ ।
चुनाव अघि राष्ट्रिय स्वतन्त्र पार्टीको टिकट लिन काठमान्डौँ गएका अधिकारीलाई रास्वपाले उनलाई टिकट दिएनन् । आफू समाजसेवी रहेको, फेसबुकमा हजारौँ फ्लोवर्स भएको बलमा टिकट लिन गएका अधिकारी रित्तो हात फर्केपछि स्वतन्त्र उम्मेदवारी घोषणा गरे ।
रास्वपाको टिकट नपाएपछि उनले रास्वपाकै विरुद्ध बागी उम्मेदवारझैँ स्वतन्त्र उम्मेदवारी दिएको टिकाटिप्प्णी समाजिक सँजालमा चल्यो । घण्टीको लहरमा उनले स्वतन्त्र उम्मेदवारी दिएपछि रास्वपाका समर्थकहरुले उनलाई लोभी र सस्तो लोकप्रियताको सँजा दियो । यद्यपी, उनले कुकर छापबाट स्वतन्त्र उम्मेदवारी दिए ।
रास्वपाले सुरुमा धनुषा २ बाट दिनेश साहुको नाम अन्तिम नामावलीमा राखेको थियो । सोही समाचार न्यूज ब्यूरोले प्रकाशित गरेपछि उनका समर्थकहरुले पत्रकारलाई गालीगलौज समेत गरेका थिए । जेनजी अगुवा भनिएका पुरुषोत्तम यादवसँग आफ्नो डायरेक्ट सम्पर्क रहेको भन्दै पुरुषोत्तमले टिकट जयनाथ अधिकारीलाई दिएको भन्दै उनका केही समर्थकले पत्रकारलाई मेसेजमै गालीगलौज समेत गरे ।
समाजिक सँजालमा चर्चा बटुलेका जयनाथ अधिकारी विगत एक बर्षदेखि जनकपुरधामस्थित धनुष पोखरी सफाई अभियान चलाए । पो्खरी सफाई गरेर समाजिक सँजालमा फ्लोवर्स बढेपछि उनले प्रतिनीधिसभाको चुनाव लडने निधो गरे पश्चात चुनाव लडेका थिए । अन्ततः उनको जमानत समेत जफत भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…