यादव नेविसंघको केन्द्रीय सदस्यमा मनोनित
विगतदेखि नै नेपाली काँग्रेस पार्टीमा सक्रियताका साथ लागेका विद्यार्थी नेता यादवलाई नेविसंघले केन्द्रीय सदस्यमा मनोनित गरेपछि उनलाई उनका शुभचिन्तकहरुले विभिन्न माध्यमबाट बधाई तथा शुभकामना दिएका छन् ।

२०८२ फागुन १३ बुधबार, बेलुकी ७:३९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली काँग्रेस पार्टीको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को केन्द्रीय सदस्यमा धनुषाका शंकर प्रसाद यादव चयन भएका छन् ।
नेविसंघको केन्द्रीय कार्यालयले यादवलाई सँघको केन्द्रीय सदस्यमा मनोनित गरेको पत्र दिएको छ । नेविसंघको विधान २०७२ को सातौं ंसंशोधन २०७५ बमोजिम यादवलाई केन्द्रीय सदस्यमा मनोनति गरेको हो ।
विगतदेखि नै नेपाली काँग्रेस पार्टीमा सक्रियताका साथ लागेका विद्यार्थी नेता यादवलाई नेविसंघले केन्द्रीय सदस्यमा मनोनित गरेपछि उनलाई उनका शुभचिन्तकहरुले विभिन्न माध्यमबाट बधाई तथा शुभकामना दिएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…