न्यूज ब्यूरो, जनकपुरधाम। धनुषाको धनौजी गाँउपालीकामा मतदाता शिक्षा स्वयंसेवकका लागि १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेका छन्।
माघ २९ गते बिहिवारका दिन प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत मतदाता शिक्षा स्वयंसेवकहरुको १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेका हुन् ।
अभिमुखिकरण कार्यक्रममा निर्वाचन आचारसंहिता, मतदाता शिक्षा कार्यक्रम सञ्चालन विधि, घरदैलो अभियान, मतदान प्रक्रिया, मतपत्र बदर नहुने उपाय तथा सचेतनामूलक सन्देश प्रभावकारी रूपमा प्रवाह गर्ने तरिकाबारे विस्तृत जानकारी प्रदान गरिएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत राज कुमार दासले लोकतान्त्रिक प्रणालीलाई सबल बनाउन मतदाताको सचेतना अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै स्वयंसेवकहरूलाई निष्पक्ष र तटस्थ भई आफ्नो जिम्मेवारी पूरा गर्न निर्देशन दिए। उनले प्रत्येक मतदातासम्म सही सूचना पुर्याउन आग्रह गर्दै निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र मर्यादित बनाउन सबैको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे ।
उक्त कार्यक्रममा सम्बन्धित शाखाका कर्मचारी, सरोकारवाला निकायका प्रतिनिधि तथा मतदाता शिक्षा स्वयंसेवकहरूको सहभागिता रहेका थिए।
उक्त कार्यक्रम धनौजी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दासको अध्यक्षतामा सम्पन्न भएको हो। सहभागीहरूले प्रशिक्षणलाई प्रभावकारी र उपयोगी भएको प्रतिक्रिया दिएका छन्।
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…