युवा नेता विप्दा यादवसहित करिब ४ दर्जन जेनजी युवा विद्यार्थीहरु रामचन्द्र झासँग
पार्टी प्रवेश गर्दै मण्डलले राम चन्द्र झा मधेसकै एक बौद्धिक, नीति नियम बनाउनमा सक्षम, निडर, इमानदार तथाप कम्युनिष्ट राजनीतिमा जीवन अर्पण गरेका यस क्षेत्रका लागि तुलनात्मक रूपमा अधिक राजनीति अनुभव भएका विकासप्रेमी नेता रहेको विचार प्रकट गरे ।

२०८२ फागुन ३ आइतबार, बिहान ८:२४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरका युवा नेता बिप्दा यादवसहित करिब ४ दर्जन जेनजी तथा विद्यार्थीहरु रामचन्द्र झासँग आवद्ध भएका छन् ।
शनिबारका धनुषा निर्वाचन क्षेत्र नं. २ को तिनकोरियास्थित आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा जनकपुधाम १७ बस्ने युवा नेता बिप्दा यादवसहित अन्य नेता कार्यकर्ताहरुले नेपाली कम्यूनिष्ट पार्टीमा प्रवेश गरेका छन् । यादवसँगै धनुषा जिल्लाको GEN Zको संयोजक अरबिन्द कुसियैत,जीतेन्द्र यादव लगायतका युवाहरु प्रवेश गरेका हुन्।
धनुषा जिल्लाको GEN Zको संयोजक अरबिन्द कुमार कुशियैतको अगुवाइमा युवाहरू पार्टीमा प्रवेश प्रवेश गरेको जनाइएको छ ।

उनीहरुसँगै राजर्षि जनक विश्वविद्यालयका विद्यार्थी जनमत संघका शशिकान्त मण्डल समेत पूर्वदेखि नै रामचन्द्र झासँग आस्था राख्दै आएकोमा विगत केही बर्ष डा. सिके राउत नेतृत्वको जनमत पार्टीसँग आवद्ध भएका थिए । पुनः झालाई यो चुनावमा सघाउने भएको छ ।
उनीहरुलाई धनुषा २ का उम्मेदवार रामचन्द्र झाले फूलमाला तथा अबिर लगाएर पार्टी प्रवेश गराएका हुन । सोही क्रममा मण्डल लगायत ४० जना युवा विद्यार्थीहरुलाई आफ्नै हातले फुल माला, गम्छा, तारा छापको ब्याच र रातो टीका लगाइ नेपाली कम्युनिष्ट पार्टीमा स्वागत एवं प्रवेश गराएका थिए।
पार्टी प्रवेश गर्दै मण्डलले राम चन्द्र झा मधेसकै एक बौद्धिक, नीति नियम बनाउनमा सक्षम, निडर, इमानदार तथाप कम्युनिष्ट राजनीतिमा जीवन अर्पण गरेका यस क्षेत्रका लागि तुलनात्मक रूपमा अधिक राजनीति अनुभव भएका विकासप्रेमी नेता रहेको विचार प्रकट गरे ।
क्षेत्र नं.२ विद्यार्थी तथा युवा शहिद कामेश्वर र कुशेश्वरको भूमि रहेकोले यस्तो पवित्र भूमिमा पहिलो पल्ट मूल पार्टीको राजनीतिमा प्रवेश गर्ने गर्वको विषय रहेको कुरा आफ्ना धारणा मार्फत सशिकान्त मण्डलले व्यक्त गरेका थिए। साथै क्षेत्र नं.२ उनको जन्मभूमि रहेकाले आफ्नै गाउँ ठाउँका व्यक्ति र नेताहरुका बीच पार्टी प्रवेश गर्नु वहाँको लागि झनै खुशीको विषय रहेको मण्डलले भनेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…