अनेरास्ववियु गोलबजार नगरको दोस्रो अधिवेशन सम्पन्न
कार्यक्रमका प्रमुख अतिथि नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा सिरहा क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार लीलानाथ श्रेष्ठ रहेका थिए। त्यसैगरी विशिष्ट अतिथिका रूपमा अनेरास्ववियु मधेस प्रदेश संयोजक सतिश चन्द सिंह उपस्थित थिए।

२०८२ माघ २५ आइतबार, बिहान ११:३३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । अनेरास्ववियु गोलबजार नगरको दोस्रो अधिवेशन ओमप्रकाश महतोको अध्यक्षतामा सम्पन्न भएको छ। अधिवेशनले २१ सदस्यीय नगर कमिटी गठन गरेको छ।
कार्यक्रमका क्रममा विभिन्न पार्टी परित्याग गरी करिब ८० जना जेन्जी युवाहरू नेकपा (एमाले) मा प्रवेश गरेका छन्।
कार्यक्रमको सञ्चालन अनेरास्ववियु प्रदेश सदस्य राम उदगार साहले गरेका थिए भने अध्यक्षता अनेरास्ववियु जिल्ला संयोजक हरि प्रसाद सिंहले गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा सिरहा क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार लीलानाथ श्रेष्ठ रहेका थिए। त्यसैगरी विशिष्ट अतिथिका रूपमा अनेरास्ववियु मधेस प्रदेश संयोजक सतिश चन्द सिंह उपस्थित थिए।
कार्यक्रममा जिल्ला कमिटी उपसचिव खिमगिरि श्रेष्ठ, विद्यार्थी इन्चार्ज दिनेश यादवलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएका छन्।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…