५२ लाखको महिन्द्रा XUV400 EV मा दर्जनौं गम्भीर समस्या,रौतहटको एक ग्राहक तनावमा

२०८२ माघ १६ बिहीबार
बिहान ०८:२३ बजे
न्यूज ब्यूरो, डेस्क

संजय सहनी /रौतहट माघ १५ । ​पछिल्लो समय नेपालमा विद्युतीय सवारी (EV) को लहर चलिरहँदा, नाम चलेका कम्पनीका गाडीमा देखिएका प्राविधिक समस्या र बिक्रीपछिको कमजोर सेवाले उपभोक्ताहरू मर्कामा पर्न थालेका छन्।

​५२ लाख रुपैयाँ खर्चेर खरिद गरिएको महिन्द्रा XUV400 EV गाडीमा एक वर्ष पनि नपुग्दै दर्जनौं  गम्भीर समस्या देखिएपछि रौतहटको माँ सरस्वती जनरल सप्लायर्स गरुडा -६ का सञ्चालक धर्मनाथ प्रसाद जयसवालले न्यायका लागि हारगुहार गर्न थालेका छन् ।

कम्पनीले बिक्री गर्दा एक पटकको फुल चार्जमा ४०० किलोमिटर रेन्ज दिने दाबी सहित विभिन्न सेवा सुबिधा दाबी गरे पनि वास्तविक प्रयोगमा गाडी जम्मा २४० देखि २५० किलोमिटर मात्र गुड्ने गरेको जयसवालको आरोप छ।

जयसवालले बताए अनुसारको  गाडी खरिद गरेको एक वर्ष नपुग्दै विभिन्न दर्जनौं गम्भीर प्राविधिक खराबीहरू देखिएका छन्। 

रेन्ज सहित आफ्नो गाडी विभिन्न समस्या आएपछि गाडी विगत १ महिनादेखि वीरगञ्जस्थित महिन्द्राको आधिकारिक शोरूममा थन्किएको छ। तर, नेपालका लागि आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेड ले अझैसम्म कुनै स्थायी समाधान नदिएको जयसवालको गुनासो छ

महिन्द्राकै डायग्नोस्टिक सिस्टम (MIDA) अनुसार गाडीको BMS, VCU, MCU, र IPDU जस्ता मुख्य सिस्टमहरूमा "NO RESPONSE / DTC FOUND" देखिएको छ।

।नेपालको उपभोक्ता संरक्षण ऐन अनुसार, वस्तुमा त्रुटि देखिएमा वा दाबी गरिएको गुणस्तर नपाइएमा त्यसको क्षतिपूर्ति दिने वा साटफेर गरिदिने दायित्व विक्रेताको हुन्छ।

​पीडित जयसवालले पनि वारेन्टी र उपभोक्ता अधिकारको गम्भीर उल्लंघन भन्दै अग्नि इन्कर्पोरेटेडसँग गाडी पूर्ण रूपमा परिवर्तन (Replacement) गरिदिनुपर्ने वा उचित क्षतिपूर्तिसहितको फिर्ता (Refund) उपलब्ध गराउनुपर्ने कानुनत माग समेत गरेका छन् ।

​विगत एक महिनादेखि गाडी थन्किएको छ।"लाखौँ रुपैयाँ लगानी गरेर किनिएको गाडी ग्यारेजमा थन्काउनुपर्दा मानसिक र आर्थिक तनाव भएको छ। न त कम्पनीले गाडी बनाइदिन्छ, न त चित्तबुझ्दो जवाफ दिन्छ," पीडित जयसवालले गुनासो पोखे।

एक महिना कुर्दा कुनै निर्णय नआएकोले आफू उपभोक्ता संरक्षण विभाग, कानुनी प्रक्रिया र मिडियामार्फत अगाडि बढ्न बाध्य भएको उनको भनाई छ।

​यस विषयमा नेपालका लागि महिन्द्राको आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेड नेपालले हालसम्म कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन। 
५२ लाख जस्तो ठूलो रकम खर्चेर किनिएको गाडीमा यति गम्भीर समस्या देखिँदा पनि कम्पनीको सुस्तताले अन्य ईभी प्रयोगकर्ताहरूमा समेत त्रास पैदा गरेको छ।

ग्राहकको  समस्यालाई नजरअन्दाज गर्दा विद्युतीय गाडीप्रतिको जनविश्वास नै धर्मराउने देखिएको छ। 
नेपालका लागि महिन्द्राको आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेड ​बजारमा 'प्रिमियम' भन्दै बेचिएको XUV400 EV मा देखिएको यो समस्याले नयाँ ईभी किन्ने सोचमा रहेका अन्य ग्राहकहरूलाई पनि झस्काएको छ। 

 कम्पनी हेड सोमनाथको सम्पर्क नम्बर 9704145275 मा सम्पर्क गर्दा आलटाल गर्ने गरेको र ठोस जवाफ नदिएको जयसवालको  गुनासो छ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

रौतहटमा दलित युवकलाई कुटदाकुटदै मारे, चार जनामाथि मुद्दा 

  • २०८२ माघ १६ बिहीबार

न्यूज ब्यूरो, रौतहट ।  रौतहटको कटहरिया नगरपालिका–४ स्थित बहादुरपुरमा मोबाइल चोरी गरेको झुटा आरोपमा निर्ममतापूर्वक कुटिएका एक दलित युवकको उपचारका क्रममा मृत्यु भएको छ । उनको उपचारको क्रममा मृत्यु भएपछि कुटपिटमा

पूरा पढ्नुहोस्

Bureau Menus