सिरहाका ट्राफिक प्रमुख इन्स्पेक्टर 'सालिकराम तिमिल्सिना' पुस महिनाको उत्कृष्ट प्रहरी घोषित
उनको नेतृत्वमा सवारी दुर्घटना न्यूनीकरण गरी भौतिक तथा मानविय क्षतिमा कमी ल्याउनुका साथै ब्ल्याक स्पट पहिचान गरि ल्याएको, आवश्यकता अनुसार रिफ्लेक्टिभ बोर्ड, टेप, स्टिकरहरु टाँस, जाडोयाममा बाक्लो हुस्सुका कारण हुने दुर्घटनाको उच्च जोखिम घटाउन सरोकारवाला निकायहरुसँग आवश्यक समन्वय गरिएको उल्लेख छ ।

२०८२ माघ १२ सोमबार, बिहान १०:१५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहाका प्रमुख ट्राफिक प्रहरी निरीक्षक सालिकराम तिमिल्सिना उत्कृष्ट प्रहरी घोषित भएका छन् ।
बाराको पथलैयास्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले उनलाई गत पुस महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको हो ।
पछिल्लो असोजदेखि सिरहा ट्राफिक प्रहरी प्रमुखको रुपमा कार्यरत उनले विभागीय मूल्य मान्यता, आदेश निर्देशन बमोजिम कर्तव्यनिष्ठ, अनुशासित, लगनशील रुपले स्थानीय सरकारसँगको समन्वयमा प्रभावकारी प्रशासनिक कामकाज संचालन, तालुक मधेश प्रदेश प्रहरी कार्यालयबाट स्वीकृत सडक दुर्घटना विरुद्ध युवा २०८२ कार्ययोजना कार्यन्वयनमा उल्लेखनीय काम गरेको ठहर गरिएको छ ।
उनको नेतृत्वमा सवारी दुर्घटना न्यूनीकरण गरी भौतिक तथा मानविय क्षतिमा कमी ल्याउनुका साथै ब्ल्याक स्पट पहिचान गरि ल्याएको, आवश्यकता अनुसार रिफ्लेक्टिभ बोर्ड, टेप, स्टिकरहरु टाँस, जाडोयाममा बाक्लो हुस्सुका कारण हुने दुर्घटनाको उच्च जोखिम घटाउन सरोकारवाला निकायहरुसँग आवश्यक समन्वय गरिएको उल्लेख छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…