जनकपुरमा भजन किर्तनसहित मूर्ति विसर्जन गर्ने एक मात्र 'नेश्नल कम्प्यूटर सेन्टर'

२०८२ माघ ११ शनिबार
बेलुकी ६:२८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामस्थित रहेको नेश्नल कम्यूटर सेन्टरले पुरानो र सभ्य शैलीमा मूर्ति विसर्जन गरेपछि चौतर्फी प्रशँसा गरिएको छ । 

जनकपुरको मुरलीचोकस्थित रहेको नेश्नल कम्यूटर सेन्टरमा आयोजन गरिएको सरस्वति पूजापछि शनिबार गरिएको भसावन, विसर्जनमा कुनै प्रकारको ध्वनी प्रदुषण नगरी सम्भ, शालिन तवरले विसर्जन गरेको हो । 

जनकपुर बजारमा विद्यार्थीहरुले ढोल, झाईल, पुराना बाजासहित भजन किर्तन गर्दै विसर्जनको लागि जाँदै गरेको देखेपछि बजारमा सर्वसाधारण चकित देखिए । वर्तमान परिस्थितिमा डिजे, अश्लिल गीतमा नाच्ने, मादक पदार्थ सेवन गरी भद्दा नाच गरी विसर्जन गर्दै आएकोमा नेश्नल कम्प्यूटरले बिना डिजेको भजन किर्तन गरी मूर्ति विसर्जन गरेको सँचालक अजय प्रसाद रौनियारले जानकारी दिए । 

उनका अनुसार, कम्यूटर सेन्टरका विद्यार्थीहरु भाईबहिनीहरुले पुरानो शैली र आफ्नो पुरानो सँस्कृति अनुसार भजन किर्तन गरी मूर्ति विसर्जन गरेको हो । उनीहरुले कुनै प्रकारको अश्लिलता, चर्को साउण्डको डिजे प्रयोग नगरेको बताए । 

रौनियारले वन्दनाले हामीलाई ज्ञानको सामूहिक महत्त्व सम्झाउँछ। यो केवल व्यक्तिगत साधना होइन, समाजलाई उज्यालोतर्फ लैजाने प्रयास हो। ज्ञान, संस्कार, सिर्जनशीलता र आध्यात्मिकताको संगम नै सशक्त समाजको आधार हो भन्ने सन्देश यस प्रकारको सरस्वती वन्दनाबाट स्पष्ट रूपमा झल्केको बताए ।

रौनियार भन्छन्ः “यसले ज्ञानप्रतिको श्रद्धा र समर्पण झल्काउँछ। सरस्वतीजी ज्ञान, वाणी, कला र चेतनाको देवी हुन्। बादल झालजस्ता कलात्मक सजावटले सिर्जनशीलता र सौन्दर्यबोधलाई संकेत गर्छ भने, शंख पवित्रता, शुभारम्भ र सकारात्मक ऊर्जाको प्रतीक हो। झुमरले उज्यालो, चेतना र प्रकाशको भाव व्यक्त गर्छ। यी सबैको संयुक्त प्रयोगले ज्ञान केवल पुस्तकमा सीमित नभई संस्कृति, कला र आध्यात्मिक चेतनासँग जोडिएको जीवन्त तत्व हो भन्ने सन्देश दिन्छ।”

  • 99%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

धनुषाको ढल्केवरस्थित होटलमा छापामारी, साढे पाँच जोडी पक्राउ

  • २०८२ माघ ११ शनिबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  धनुषाको ढल्केवरस्थित एक होटलमा प्रहरीले छापा मारेर होटल सञ्चालकसहित ११ जना (साढे पाँच जोडी) लाई पक्राउ गरेको छ। सोमवार ढल्केवरस्थित रहेको न्यू मनकामना गेष्ट हाउसबाट होटल

पूरा पढ्नुहोस्

Bureau Menus