जनकपुर: सरस्वति पूजा स्थलबाट धनुषा प्रहरीले पक्राउ गरे मूर्ति, धार्मिक आस्था आहत गरेको आरोप 

२०८२ माघ १० शुक्रबार
बेलुकी ७:१३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाले जनकपुरको जानकीचोकबाट मूर्ति पक्राउ गरेको छ । जानकीचोकमा राखिएको तीनवटा मूर्ति नियन्त्रणमा लिएको बताईएको छ । 

सरस्वति पूजाको अवसरमा जानकी मन्दिरदेखि उत्तर अरगजा पोखरी (जानकी चौक) मा आयोजन गरिएको सरस्वति पूजा स्थलबाट तीनवटा मूर्ति नियन्त्रणमा लिएको आयोजकले जनाएको छ । 

पूजा स्थलमा बँगलादेशमा अल्पसँख्यक हिन्दुमाथि भएको घटनालाई मूर्तिकारले दर्साउन खोजेको आरोप छ । सरस्वति पूजास्थलमा जानकीचोकको मूर्ति सबैको ध्यान खिचेको थियो । जसमा एउटा खम्बामा एक व्यक्तिलाई झुण्डयाएको र दुई व्यक्तिले कुटपिट, मारपिट गरिरहेको दृश्यलाई मूर्तिमा उतारेको थियो । सो मूर्तिले दुई समुदायबीच द्धन्द्ध हुन सक्ने भन्दै मूर्ति नियन्त्रणमा लिएको हो । 

प्रहरीका अनुसार, मूर्तिमा टाँसिएको बैनरले अन्य धर्मको आस्था आहत हुन सक्ने र नाकारात्मक प्रभाव पर्न सक्ने भन्दै मूर्ति नियन्त्रणमा लिएको जनाएको छ । देशमा चुनावको माहौल रहँदा यस्तोमा कुनै प्रकारको द्धन्द्ध, तनाव हुन नदिन तत्काल मूर्ति नियन्त्रणमा लिएको जनाएको हो । 

बिहानैदेखि सो मूर्ति समाजिक सँजालमा चर्चामा रहेको छ । बँगलादेशमा केही दिन अगाडी एक हिन्दु समुदायका व्यक्तिलाई बहुसँख्यक मुस्लिम समुदायले अल्लाहको अपमान गरेको आरोपमा कुटदाकुटदै ज्यान मारिदिएका थिए । उनलाई खम्बामा झुण्डयाएर जिउँदै जलाएको घटनालाई मूर्तिकारले दर्साएका थिए । 

यता, आयोजकले प्रहरीको कार्यप्रति आपत्ति जनाएका छन् । अन्य धर्मको आस्था आहत हुँदैमा हाम्रो धर्म सँस्कृति समेत आहत भएको बताए । उनले मूर्ति फिर्ता नगरे प्रहरीविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । प्रहरीले हाम्रो आस्थामाथि प्रहार गर्न खोजे्को आरोप लगाएका छन् । 

आउँदो फागुन २१ गते प्रतिनीधिसभाको चुनाव तोकिएको छ । 

  • 0%
  • 0%
  • 5%
  • 0%
  • 10%
  • 80%

धनुषा बटेश्वरका 'श्याम सुन्दर महतो' एक करोड रुपैयाँको चेक बाउन्समा दोषी ठहर, १ करोड बिगो, १० दिन जेल

  • २०८२ माघ १० शुक्रबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  धनुषा जिल्ला अदालतले बैंकिङ कसूर मुद्दामा धनुषाका एक व्यक्तिलाई दोषी ठहर गरको छ । प्रतिवादी बनाइएका धनुषा बटेश्वर वडा नं. ५ बस्ने राम नारायण महतोका छोरा

पूरा पढ्नुहोस्

Bureau Menus