जनकपुर: सरस्वति पूजा स्थलबाट धनुषा प्रहरीले पक्राउ गरे मूर्ति, धार्मिक आस्था आहत गरेको आरोप
न्यूज ब्यूरो, जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाले जनकपुरको जानकीचोकबाट मूर्ति पक्राउ गरेको छ । जानकीचोकमा राखिएको तीनवटा मूर्ति नियन्त्रणमा लिएको बताईएको छ । सरस्वति पूजाको अवसरमा जानकी मन्दिरदेखि उत्तर अरगजा पोखरी (जानकी चौक) मा आयोजन गरिएको सरस्वति पूजा स्थलबाट तीनवटा मूर्ति नियन्त्रणमा लिए

२०८२ माघ ९ शुक्रबार, बेलुकी ७:१३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाले जनकपुरको जानकीचोकबाट मूर्ति पक्राउ गरेको छ । जानकीचोकमा राखिएको तीनवटा मूर्ति नियन्त्रणमा लिएको बताईएको छ ।
सरस्वति पूजाको अवसरमा जानकी मन्दिरदेखि उत्तर अरगजा पोखरी (जानकी चौक) मा आयोजन गरिएको सरस्वति पूजा स्थलबाट तीनवटा मूर्ति नियन्त्रणमा लिएको आयोजकले जनाएको छ ।
पूजा स्थलमा बँगलादेशमा अल्पसँख्यक हिन्दुमाथि भएको घटनालाई मूर्तिकारले दर्साउन खोजेको आरोप छ । सरस्वति पूजास्थलमा जानकीचोकको मूर्ति सबैको ध्यान खिचेको थियो । जसमा एउटा खम्बामा एक व्यक्तिलाई झुण्डयाएको र दुई व्यक्तिले कुटपिट, मारपिट गरिरहेको दृश्यलाई मूर्तिमा उतारेको थियो । सो मूर्तिले दुई समुदायबीच द्धन्द्ध हुन सक्ने भन्दै मूर्ति नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार, मूर्तिमा टाँसिएको बैनरले अन्य धर्मको आस्था आहत हुन सक्ने र नाकारात्मक प्रभाव पर्न सक्ने भन्दै मूर्ति नियन्त्रणमा लिएको जनाएको छ । देशमा चुनावको माहौल रहँदा यस्तोमा कुनै प्रकारको द्धन्द्ध, तनाव हुन नदिन तत्काल मूर्ति नियन्त्रणमा लिएको जनाएको हो ।
बिहानैदेखि सो मूर्ति समाजिक सँजालमा चर्चामा रहेको छ । बँगलादेशमा केही दिन अगाडी एक हिन्दु समुदायका व्यक्तिलाई बहुसँख्यक मुस्लिम समुदायले अल्लाहको अपमान गरेको आरोपमा कुटदाकुटदै ज्यान मारिदिएका थिए । उनलाई खम्बामा झुण्डयाएर जिउँदै जलाएको घटनालाई मूर्तिकारले दर्साएका थिए ।
यता, आयोजकले प्रहरीको कार्यप्रति आपत्ति जनाएका छन् । अन्य धर्मको आस्था आहत हुँदैमा हाम्रो धर्म सँस्कृति समेत आहत भएको बताए । उनले मूर्ति फिर्ता नगरे प्रहरीविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । प्रहरीले हाम्रो आस्थामाथि प्रहार गर्न खोजे्को आरोप लगाएका छन् ।
आउँदो फागुन २१ गते प्रतिनीधिसभाको चुनाव तोकिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…